• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मौसम : पूर्वमा खुल्ने संभावना कम, केहीबेर मौसम खुलेपनि फेरि बदलीको सम्भावना

मौसम : पूर्वमा खुल्ने संभावना कम, केहीबेर मौसम खुलेपनि फेरि बदलीको सम्भावना


समायोजन खबर
  • आइतबार, चैत्र २४ २०७५

  • साँकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    आज बिहानैदेखि पनि देशका धेरै ठाउँको मौसम बदली भएको छ । नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार यसकै प्रभावले अहिले पनि धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ । अहिले मौसम खराब भए पनि अब केहीबेर पछि काठमाण्डौसहित मध्य र पश्चिमको धेरै ठाउँमा घाम लाग्ने उहाँको अनुमान छ । तर पूर्वमा भने मौसम खुल्ने संभावना कम रहेको उहाँको भनाइ छ । केहिबेरपछि मौसम खुल्ने मध्य र पश्चिममा दिउँसोपछि भने फेरि बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद् कँडेलले बताउनुभयो ।
    आइतबार मध्य र पश्चिमको तुलनामा पूर्वको मौसम धेरै बदली हुनेछ । हावाहुरी र चट्याङ पनि पर्नेछ । तर आत्तिनुपर्ने अवस्था भने नरहेको मौसमविद् कँडेलले बताउनुभयो । प्रिमनसुनमा दिउँसोपछि बदली भई मेघगर्जन र हुवाहुरी चल्ने भए पनि केहीदिनयता नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले देशभरी कै मौसम बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।उज्यालो
    २०७५ चैत्र २४ गते बिहान ७ :३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology