समायोजन खबर पाँचथर
पाँचथरमा आफ्नै बिद्यार्थी छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । यौन दुव्र्यवहारको आरोपमा सप्तरीको सम्भुनाथ गाउँपालिका स्थायी घर भई हाल हिलिहाङ गाउँपालिकाको एक विद्यालयमा कार्यरत उपेन्द्र चौधरी रहेका छन् ।

विज्ञान बिषयका शिक्षक चौधरीमाथि कक्षा–८, की १३ बर्षिया किसोरीलाई परिक्षामा प्रथम बनाइदिने प्रलोभन देखाएर यौन दुव्र्यवहार गरेको अभिभावककको आरोप छ । पक्राउ गरिएका चौधरीको बारेमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताउनुभएको छ ।
२०७५ चैत्र २० गते साँझ ६ : ४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology