समायोजन खबर काठमाण्डौ,
अल्जेरियाका राष्ट्रपति अब्दुल अजिज बुतेफ्लीकाले पदबाट राजीनामा दिनुभएको छ । अल्जेरियाको सरकारी समाचार संस्थाका अनुसार अब्दुल अजिजको विरुद्ध देशभर विशाल प्रदर्शन भएपछि उहाँले राजीनामा दिनुभएको हो । अल्जेरियाका प्रदर्शनकारीले राजनीतिमा आमूल परिवर्तनको माग गर्दै उहाँको पदबाट राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रेका थिए ।

२० वर्ष लामो समय सत्तामा रहनुभएका अब्दुल अजिजले भने आगामी अप्रिलमा हुने चुनावमा नलड्ने र त्यस लगतै पद छोड्ने बताउनुभएको थियो । तर, प्रदर्शनकारी नियन्त्रणभन्दा बाहिर गएपछि उहाँले मंगलबार नै राजीनामा दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।
२०७५ चैत्र २० गते बिहान ९ :२९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology