• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दाम्पत्य जीवनमा किन खटपट हुन्छ ? यी हुुन् समाधानका उपाय

दाम्पत्य जीवनमा किन खटपट हुन्छ ? यी हुुन् समाधानका उपाय


समायोजन खबर
  • शनिबार, चैत्र १६ २०७५

  • समायोजन खबर काठमाडौं,
    दाम्पत्य जीवन सफल बनाउने चाहना सबैको हुन्छ । तर, विभिन्न कारणले वैवाहिक जीवनमा आनन्दित हुन नसकेकोे धेरैको गुनासो सुन्न पाइन्छ । आखिर दाम्पत्य जीवनमा आनन्दित हुन नसक्नुमा दुबै पक्षको दोष रहेको हुन्छ । होला कसैको थोर कसैको धेरै ।

     

    पति र पत्नीबीच कस्ता कुराले समस्या सिर्जना हुन्छ ? यस्ता विषयमा बुझ्न आवश्यक हुन्छ । खासगरी यी र यस्ता कारणबाट दाम्पत्य जीवनमा खटपट हुने गरेको पाइन्छ ।

    १.नियत अर्थात् सम्पत्ति हडप्ने मनसाय वा अर्कैसँग सम्बन्ध बढाउनु ।

    २.हिंसा–यातना । यसको समाधान सहनु वा सम्बन्धविच्छेद गर्नु वा आत्महत्या गर्नु हुन्छ ।

    ३.असमझदारी र अहम् । एक अर्काको विचार र इच्छाबीच असमझादारी बढ्दै जाँदा पछि गएर सामान्य कुरामा विवाद सृजना हुँदै अन्तत सम्बन्ध विग्रन्छ ।

    ४.शारीरिक भोक । दम्पतिबीचको यौन चाहनामा एकरुपता नहुनुले पनि दाम्पत्य जीवनमा नकारात्मक असर पर्दछ । खासगरी पति–पत्नी एकठाउँ नहुँदा जाग्ने यौनचाहनाले परपुरुष वा परस्त्रीसँगको सम्बन्धले दाम्पत्य जीवन कष्टकर हुन सक्छ ।

    ५. यौन असन्तुष्टि । यो एक दाम्पत्य जीवनमा सबैभन्दा बढी सम्बन्ध चिस्याउने विषय हो भन्छन् मनोविज्ञहरु ।

    आफ्नो पार्टनरलाई सन्तुष्ट बनाउन नसक्दा उत्तेजक औषधी प्रयोग गर्छन् । त्यसबाट समेत सफल नभए टाढिँदै जान्छन् ।

    ६.रोग–बाँझोपन । विशेशत हिजोको समाजले निसन्तान पुरुष वा महिलालाई हेर्ने दृष्टिकोण फरक थियो त्यसको केही अवशेष अझ पनि छ । महिला वा पुरुषका कारण बच्चा नजम्मिएमा दोस्रो विवाह गर्ने र पहिलोसँग सम्बन्ध टाठा राख्ने प्रचलन हिजोदेखि आज सम्म रहेको पाइन्छ ।

    ७.अनमेल विवाह । जाति, धर्म, आर्थिक हैसियत आदि नमिलेका विवाह भावनामा सम्भव भए पनि दीर्घकालीन रूपमा बढ्ता समस्या देखिएका छन् ।

    ८.शंका–उपशंका । दम्पतिबीचको शंका उपशंकाले सम्बन्ध विग्रिएको उदाहरण नेपाली समाज यथेष्ट पाइन्छ ।

    सम्बन्ध राम्रो राख्नु अथवा सुधारका उपायहरु

    –एक–अर्काको भावनाको सहपहिचान गरेर व्यवहार गर्नु उचित हुन्छ ।

    –एक–अर्काप्रति सधैं सम्मान पूर्वक बोलीचालि र दैनिकी चलाउनु पर्दछ ।

    –एकअर्काप्रति उत्प्रेरणा र तनावलाई बुझ्नु पर्दछ ।

    –दुईबीचको सम्बन्धलाई अर्थपूर्ण बनाए सम्बन्ध सधैं उच्च रहन्छ ।

    –प्रेम, श्रद्धा र क्षमा

    –हरेक कुरालाई नवीन रूपमा हेर्नु

    –सकारात्मक सोच र गल्ती स्वीकार
    २०७५ चैत्र १६ गते साँझ ६ :३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology