समायोजन खबर काठमाडौ,
सरकारले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेको छ । अन्यत्र भने परीक्षा हुनेछ । प्रदेश २ का सामाजिक विकास मन्त्रीको अनुरोधलाई ध्यानमा राखेर प्रदेश २ मा चैत २१ चैतसम्मका सबै परीक्षा रद्द गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए ।

प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न भनेको हो । परीक्षा तालिका पछि प्रकाशित हुनेछ । भइसकेको परीक्षा भने रद्द नहुने मन्त्री पोखरेलले बताए । २२ गते तोकिएको विज्ञान विषयको परीक्षा पनि सञ्चालन हुनेछ । प्रदेश २ मा २६२ परीक्षा केन्द्र छन् भने ७० हजार ५६८ परीक्षार्थी छन्
२०७५ चैत्र १५ गते राती ८ :२० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology