• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकार विश्वकर्मालाई रिहाई गर्न अकोराव कर्णालीको माग

पत्रकार विश्वकर्मालाई रिहाई गर्न अकोराव कर्णालीको माग


समायोजन खबर
  • शनिबार, चैत्र ९ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर सल्यान
    कालिकोटका पत्रकार कर्ण विश्वकर्मालाई तत्काल रिहाई गर्न अकोराव कर्णाली प्रदेशले माग गरेको छ । रेडियो नयाँ कर्णाली एफएममा कार्यरत प्राबिधिक तथा संबाददाता विश्वकर्मालाई बिहीबार रेडियोको स्टुडियोबाटै प्रहरीले पक्राउ गरेपछि सामुदायिक रेडियो प्रशारक संघ नेपाल कर्णाली प्रदेश समितीले घटनाको बिरोध गरेको हो ।

     

    रेडियोकर्मीलाई स्टुडियो वा कार्यस्थल (कार्यकक्ष) बाटै पक्राउ गर्नु प्रेस र अभिब्यक्ति स्वतन्त्रता माथीको हस्तक्षेप भएको कर्णाली प्रदेश अध्यक्ष रमेश कुमार गौतमद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ । पत्रकार बिश्वकर्मालाई पक्राउ गरेपछि त्यहाँका रेडियोहरु त्रासमा रहेको भन्दै त्रासको बाताबरण अन्त्य गर्न र पक्राउ गरेका पत्रकारलाई तत्काल रिहाई गर्न माग गरिएको छ ।
    २०७५ चैत्र ९ गते साँझ ५ : ४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology