समायोजन खबर काठमाण्डौ,
नेपाल पत्रकार महासङ्घले यही चैत १६ गते ६४ औँ स्थापना दिवस विविध मौलिक तथा रचनात्मक कार्यक्रम गरी मनाउन देशभित्र र बाहिरका सबै प्रदेश, शाखा र एसोसिएट समितिलाई निर्देश गरेको छ ।
यो अवसरमा महासङ्घका पूर्व पदाधिकारी सम्मान, शाखा सम्मान, जोखिम, सङ्कट तथा कठिन अवस्थाको रिपोर्टिङ अनुभवको प्रस्तुतीकरण प्रतियोगिता, पूर्व अध्यक्ष तथा सभापतिहरूसँग अन्तरसंवाद, मैत्रीपूर्ण फूटसल प्रतियोगिता तथा निःशुल्क स्वास्थ्य शिविरजस्ता कार्यक्रम गर्ने निर्णय भएको महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले गएको फागुन ९ र १० गते कास्कीको पोखरामा आयोजित केन्द्रीय साधारणसभाका निर्णय, निर्देशन तथा विशेष प्रस्ताव कार्यान्वयनका लागि विस्तृत कार्ययोजना बनाई आवश्यक पहल गर्ने निर्णय पनि गरेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासङ्घले आगामी मे २ र ३ तारिखमा मनाउने राष्ट्रिय प्रेस स्वतन्त्रता सम्मेलनमा महासङ्घका सबै पूर्वअध्यक्ष तथा सभापति, महासङ्घले अहिलेसम्म घोषणा गरेका प्रेस स्वतन्त्रता सेनानी तथा सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । यही अवसरमा सबै प्रेस स्वतन्त्रता सेनानीलाई परिचयपत्र र प्रतीक चिह्न प्रदान गरिनुका साथै प्रेस स्वतन्त्रता सेनानी सम्मानसमेत गरिने भएको छ ।
२०७५ चैत्र ५ गते बिहान ११ :४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology