• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वडा अध्यक्षको तलब अग्नी पिडितलाई

वडा अध्यक्षको तलब अग्नी पिडितलाई


समायोजन खबर
  • सोमबार, चैत्र ४ २०७५

  • सांकेतिक तस्विर।

    समायोजन खबर सर्लाही
    प्रत्येक पटक आफुले पाएको तलब सामाजिक काममै खर्च गर्दै आएका हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेख मेहबुव रेजाले आफ्नै वडाका अग्नी पिडितलाई नगद सहयोग गर्नु भएको छ । गत फाल्गुन २९ गते आगलागीका कारण घरबार विहिन भएका हरिवन नगरपालिका ११ का शेख जुबेरको परिवारलाई वडा अध्यक्ष रेजाले राज्यबाट आफुले पाउने एक महिनाको तलब २१ हजार ७ सय ८० रुपैयाँमा ३ हजार २ सय २० रुपैयाँ थप गरी २५ हजार सहयोग गर्नु भएको हो ।

     

    वडा अध्यक्ष रेजाले जुबेर परिवारलाई आज एक कार्यक्रमका बीच १ लाख ९७ हजार २ सय २५ रुपैयाँ सहयोग गर्नुभयो । आर्थिक अवस्था कमजोर भएका अग्नी पीडित जुबेर परिवारलाई गर्जो टार्न मुस्किल भएपछि स्थानीय र छरछिमेकीले संकलन गरेको १ लाख ७२ हजार २ सय २५ रुपैयाँमा आफुले २५ हजार थप गरी कुल १ लाख ९७ हजार २ सय २५ रुपैयाँ हस्तान्तरण गरेको वडा अध्यक्षले रेजाले बताउनुभयो ।  २०७५ चैत्र ४ गते राती ८ :२९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology