समायोजन खबर काठमाण्डौ,
नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले उडान फेरि सुरू गरेको छ । विमानचालक अभावले डेढ महिनादेखि उडान अवरुद्ध भएको थियो । विमानले आज काठमाडौं–दाङ दोहोरो उडान भरेको छ । बिरामी बिदामा बसेका पाइलट निपेन्द्र भट्टराई पुनःकाममा फर्किएपछि विमानले उडान भर्न सुरू गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो ।
आन्तरिक विवादका कारण लामो समयदेखि बिरामी बिदामा बसेका दुई पाइलट भट्टराई र सञ्जय बादे फागुन १३ र १६ गते नै काममा फर्किएका थिए । उनीहरू २० दिनभन्दा बढी बिदामा बसेका कारण विमान उडाउनुभन्दा पहिले स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले उडान भर्न पाएका थिएनन् । निगमसँग वाइ–१२ चिनियाँ कम्पनीका चार विमान रहेकामा एक प्राविधिक परीक्षणमा छ भने बाँकी तीन विमानमा पाइलटको वैकल्पिक व्यवस्था गरेर भए पनि उडान भर्ने तयारी भएको छ ।
२०७५ चैत्र १ गते राती ८ :५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology