समायोजन खबर काठमाण्डौ,
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विज्ञापनको क्षेत्रमा देखिएका बेथिति रोक्न सरकारको विज्ञापन नियमन गर्ने विधेयक प्रभावकारी हुने बताउनु भएको छ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा मन्त्री बाँस्कोटाले विज्ञापन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन विज्ञापन विधेयक २०७५ ल्याइएको बताउनु भएको हो ।
विधेयकमाथि संशोधन दर्ता गराएकाहरूले विधेयकले प्रत्यायोजित गरेको अधिकारका सम्बन्धमा राखेको जिज्ञासामा मन्त्री बास्कोटाले यस्तो बताउनु भएको हो । संशोधनकर्ताहरू राम नारायण विडारी, राधेश्याम अधिकारी लगायतले ऐन जारी भइसकेपछि ऐन कार्यान्वयन गराउने निकायले जथाभावी नियमावली, निर्देशिका र मापदण्ड बनाउने कार्यको नियन्त्रणको व्यवस्था ऐनमा नै गरिनुपर्ने सुझाव दिएका थिए । समितिले विधेयकका बारेमा सम्बन्धीत मन्त्री, सचिव र संसोधनकर्ताहरूसँग छलफल गरेको हो ।
२०७५ चैत्र १ गते राती ८ :४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology