समायोजन खबर काठमाण्डौ,
महाशिवरात्री पर्वको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज पत्रकार सम्मेलन गरी महाशिवरात्रिका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।कोषले पर्वका दिन फागनु २० गते पश्चिम ढोकाबाट एउटा र दक्षिण ढोकाबाट दुईओटा गरी तीन स्थानबाट मन्दिर दर्शनको व्यवस्था मिलाइएको जनाएको छ । तिलगंगा, राम मन्दिरतर्फ पनि आवश्यकता अनुसार एउटा लाइन हुनसक्नेछ । महाशिवरात्रिभर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी परिचालन गरिनेछ भने करिब पाँच हजार नेपाल स्काउटका स्वंसेवक पनि परिचालन हुनेछन् ।
कोषले मन्दिर प्राङ्गणभित्र रात्रिकालीन व्यवस्थासहित कोषको आफ्नै नेतृत्वमा विशेष जनशक्ति परिचालन गरिने जनाएको छ । साधु–सन्तका लागि आवश्यक निःशुल्क भोजन, बसोबासको व्यवस्था मिलाइएको र धुनीकोसमेत व्यवस्था मिलाइसकिएको जनाइएको छ । उनीहरुलाई आउने–जाने खर्च पनि उपलव्ध गराइने कोषले जनाएको छ । कोषले पाशुपति क्षेत्रभित्र गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको बिक्री–वितरण, ओसार–पसार र प्रयोग नगर्नसमेत सबैलाई अनुरोध गरेको छ ।
२०७५ फागुन १८ गते साँझ ६ :३८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology