समायोजन खबर सिन्धुपाल्चोक,
नेत्रविक्रम चन्द विप्लवका १७ जना कार्यकर्तालाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका कार्कीटारमा संगठनको गतिविधिका लागि छलफल भइरहेको बेला शुक्रबार राति प्रहरी पुगेको थियो । पक्राउ पर्नेमा विप्लवका जिल्ला सदस्यहरु रञ्जीत ठकुरी,धनबहादुर श्रेष्ठ लगायतका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विप्लवका कार्याकर्ताहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख मुकुन्द मरासिनीले जानकारी दिए । ‘केही मानिस पक्राउ परेका छन्, उनीहरुको विषयमा अनुसन्धान सुरु गरेका छौं’ एसपी मरासिनीले भने । १० फागुनमा राजधानीमा एनसेल कार्यालय अगाडि भएको विष्फोटको विप्लव समूहले जिम्मा लिएको थियो । अनलाईनखबर
२०७५ फागुन १८ गते साँझ ५ : ५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology