• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पाकिस्तानद्धारा कब्जामा लिएका भारतीय पाइलटलाई भारत फिर्ता

पाकिस्तानद्धारा कब्जामा लिएका भारतीय पाइलटलाई भारत फिर्ता


समायोजन खबर
  • शनिबार, फाल्गुन १८ २०७५

  • समायोजन खबर काठमाडौं,
    पाकिस्तानले बुधबार कब्जामा लिएका भारतीय पाइलट अभिनन्दन वर्धमानलाई भारत फर्काइदिएको छ । प्रधानमन्त्री इमरान खानले बिहिबार गरेको घोषणा अनुसार शुक्रबार बेलुकी उनलाई पाकिस्तानी सेनाले भारतीय सेनाको जिम्मा लगाएको हो ।

     

    अटारी बोर्डरमा कागजी प्रक्रियाहरु पूरा गरेपछि पाकिस्तानका रेन्जरहरुले उनलाई भारतीय अधिकारीसमक्ष सुम्पिएका छन् । सुपुर्दगी उनको मेडिकल जाँच गरिएको थियो । अभिनन्दनलाई जिम्मा लिन भारतको तर्फबाट उच्चपदस्थ व्यक्ति गएनन् । सर्वसाधारणले भने उनको भव्य स्वागत गरेका छन् । उनीहरुले नाचगान र नारावाजी पनि गरेका थिए ।

    पाकिस्तानी प्रधानमन्त्रीले ‘शान्तिको संकेत’ का रुपमा अभिनन्दनलाई सुपुर्दगी गर्न लागिएको बताएका थिए । उनको सुपुर्दगीसँगै भारतमा खुशी छाएको छ । पाकिस्तानी वायू सेनाले भारतीय लडाकु बिमानलाई आक्रमण गरी पाइलट अभिनन्दनलाई नियन्त्रणमा लिएको थियो । अभिनन्दा भारतीय वायू सेनाका विङ कमान्डर हुन् ।
    २०७५ फागुन १८ गते बिहान ८ : ०६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology