समायोजन खबर अछाम,
श्रीमतीलाई जबरजस्ती करणी गर्ने १ जना पक्राउ परेका छन् । श्रीमानले मादक पदार्थ सेवन गरी शारीरिक रुपमा यातना दिई पटक पटक ईच्छा विपरित जबरजस्ती करणी गर्दै आएका साफेंबगर नगरपालिकाका एक जनालाई प्रहरीले उजुरीको आधारमा पक्राउ गरिएको छ ।
श्रीमतीले प्रहरी कार्यालयमा श्रीमान विरुद्ध मुद्दा दर्ता गराएपछि श्रीमानलाई पक्राउ गरि कानुन बमोजिम हदै सम्मको सजाय गर्न भनि मुद्दा दर्ता गराएकी हुन् । पक्राउ पर्ने श्रीमानलाई हिरासतमा राखी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी जनकबहादुर शाहिले जानकारी दिनुभयो । वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीको ईच्छा विपरीत जबरजस्ती गरेमा ५ वर्षसम्म कैद हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख छ ।
२०७५ फागुन १५ गते बिहान ११ : १२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology