समायोजन खबर काठमाण्डौ,
सांसदहरुले सरकारले शान्ति–सुरक्षाको प्रत्याभूति दिन नसकेको गुनासो गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले समाजमा मनोवैज्ञानिक त्रास उत्पन्न गराउने गरि एनसेलका टावरहरुमा भएको आक्रमण आपत्ति जनक भएको धारणा राखे । नागरिकलाइ शान्ति सुरक्षाको प्रत्याभूति दिन दोषीलाइ प्रक्राउ गरि कारवाही गर्नुपर्ने सांसदहरुको माग छ ।
सांसद दीपा गुरुङले सो घटनाका मृतकको परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन र आश्रित परिवारको शिक्षा, स्वास्थ्य र जीवनयापनको व्यवस्था गर्न माग गर्नुभयो । सांसद बद्री पाण्डेले समाजमा आतंक मच्चाउने र बम पड्काएर जनजीवन त्रस्त बनाउनेलाई कारबाही हुन नसकेको र दोषी पक्राउ पर्न नसकेकामा आपत्ति जनाउनुभयो ।
२०७५ फागनु १४ गते साँझ ७ :२९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology