समायोजन खबर काठमाण्डौ,
बंगलादेश एयरलाइन्सको विमान अपहरण गर्न खोज्नेएक युवक सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडान भरेको बीजी १ सय ४७ फ्लाईट नम्बरको विमानलाई अपहरण गर्न खोज्ने युवक मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
१ सय ४८ जना यात्रुसहित उडेको विमानमा एक जनाले ककपिटमा पुगेर पेस्तोल देखाउँदै नियन्त्रणमा लिन खोजेका थिए । ती व्यक्तिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग कुरा गर्न पाउनुपर्ने माग गरेका थिए । विमानका चालकले चलाखीपूर्ण रुपले प्रधानमन्त्रीसँग कुरा गराइदिने आश्वासन दिएर चटगाउँस्थित शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याएर विमानको आपतकालीन अवतरण गराएका थिए । त्यसपछि सबै यात्रुलाई सकुशलतापूर्वक बाहिर निकालिएको थियो ।
२०७५ फागुन १३ गते बिहान ९ :०३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology