• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नख्खु विस्फोटमा विप्लव पक्षको संलग्नता रहेको गृहमन्त्री थापाद्धारा जानकारी

नख्खु विस्फोटमा विप्लव पक्षको संलग्नता रहेको गृहमन्त्री थापाद्धारा जानकारी


समायोजन खबर
  • आइतबार, फाल्गुन १२ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    गृहमन्त्री रामबहादुर थापाले एक जनाको मृत्यु हुने गरी भएको नख्खु बम विस्फोटमा विप्लव समूहको संलग्नता देखिएको बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री बादलले समानन्तर सत्ताको अभ्यास गर्ने क्रममा विप्लव पक्षको घटनामा संलग्नता रहेको जानकारी गराउनुभएको हो ।

     

    सरकारले प्राप्त गरेको विप्लव पक्षको पछिल्लो बैठकको निर्णयले पनि त्यही देखाउने भन्दै उहाँले कसैले जिम्मेवारी नलिएपनि वशेष गरेर यस्ता घटना नेकपा विप्लव पक्षले गराउँदै आएको तर्क गर्नुभयो । उहाँका अनुसार २१ वटा जिम्मामा एनसेलको टावरमा आगजनीको प्रयास भएको छ । प्रदेश १ बाहेक सबै प्रदेशमा आगजनीको घटना भएको र यो विप्लव पक्षको केन्द्रीय योजनाअनुसार नै भएको पाइएको गृहमन्त्रीले बताउनुभयो । विप्लव पक्षको योजना समानान्तर सरकार चलाउने भएको तर, अहिले लगानी सम्मेलनलाई लक्षित गरेको उहाँले बताउनुभयो । उहाँले विगतमा कतिपय अवस्थामाउन्मुत्ति दिँदा संविधान विरोधी तत्व हौसिएको उहाँको भनाइ छ । गृहमन्त्री थापाले शान्ति सुरक्षा सुदृढ गर्न ठोस कार्ययोजना बनाउने प्रतिवद्धता समेत जनाउनुभयो ।
    २०७५ फागुन १२ गते साँझ ५ :५२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology