समायोजन खबर खोटाङ,
मुस्ताङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ । करिव ३००० वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ ।
यसको सदरमुकाम जोमसोम हो । यस जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन् । यसको उत्तर (दक्षिण लम्बाई करिब ८० किलोमिटर र चौडाई बढिमा ४५ किलोमिटर छ । यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ । यसको करिब करिब बिच भाग भएर कालीगण्डकी नदी बग्दछ । यस नदीलाई स्थानीय भाषामा थाक खोला पनि भनिन्छ । यस जिल्लाका धेरै जसो बस्ती यही नदीको किनारमा अवस्थित छन् । यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ जुन त्यो नेपालकै एक विशेष क्षेत्र हो ।

छासेर
प्रमुख नदी
कालिगण्डकी
मुख्य खोलाहरू
लेते खोला, सेते खोला, घट्टे खोला, लाङक्यु खोला,टुकुचे निमूङ निमूङ क्यू खोला,टुकुचे म्हङछिन् खोला, टुकुचे म्हारच्यां क्यू खोला (चोखोपानी),चिमाङ खोला टुकुचे ताक्सांग खोला , मार्फा खोला,ठिनी खोला, स्याङ खोला, बोक्सि खोला, पाण्डा खोला, लुप्रा खोला, साङ्ता खोला, झोङ्ग खोला, नरसिङ खोला, समर खोला, ताग्ंया खोला, घमी खोला, दामोदर कुण्ड खोला, चराङ खोला, यारा खोला, समराङ खोला, नाम्ग्याल खोला, किमलिङ खोला, ङ्याम्डो खोला, न्हेचुङ्ग खोला आदि ।
धार्मिक स्थलहरू
मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युप गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गोम्पा ,टुकुचे रानि गोम्पा , मार्फा गोम्पा

मुक्तिनाथ मन्दिर तस्विर । चिसाङ शेर्पा
प्रमुख पर्यटकीय स्थल
लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटी वाला, मुक्तिनाथ’क्षेत्र, टुकुचे निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख, टुकुचे बतासे लेख, टुकुचे नाथांग खर्क’
प्रमुख ताल एवं कुण्ड
दामोदर कुण्ड, ढुम्बा ताल, टिटी ताल, सेकोङ्ग ताल
जिल्लाको प्रसिद्ध वस्तुहरू एवं प्राप्त हुने स्थान
रातो स्याऊ, नुन खानि तेताङ नरसिंह खोला (छुसाङ), गोल्डेन स्याऊ, शालिग्राम (कालिगण्डकी किनार र दामोदर कुण्ड खोला) फापर, आरु, चेरि आरु ।

मुस्ताङ
सामाजिक जनजीवन
उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाको जनजीवन भिन्नै प्रकारको छ । सदरमुकाम देखि उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी जातीहरूको वाहुल्य छ भने दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको वसोवास भएको पाईन्छ। गुरुङ् तथा थकाली जातीहरू वौद्ध धर्म मान्दछन् भने दलित तथा अन्य जातीहरूले हिन्दू धर्म प्रति आस्थावान देखिन्छन ।

मुस्ताङ,
नेपाली विकिपिडियाको सहयोगमा
२०७५ माघ २९ गते अपरान्ह ४ : २३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology