समायोजन खबर काठमाण्डौ,
नेपाल चिकित्सक सङ्घले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भोलिदेखि रिले अनशन सुरु गर्ने भएको छ । आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भएको चिकित्सकहरूको भेलाले केसीको माग पूरा गरी जीवन रक्षाको माग गर्दै रिले अनशन सुरु गर्ने निर्णय गरेको हो ।
काठमाडौँ उपत्यकाका चिकित्सकहरूले त्रिवि शिक्षण अस्पतालमा नै रिले अनशन गर्ने चिकित्सक सङ्घका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाबाहिरका चिकित्सकले आफू कार्यरत अस्पतालमा वा सङ्घको शाखा कार्यालयमा रिले अनशन बस्ने पनि उहाँले जानकारी दिनुभयो । यसअघि चिकित्सक सङ्घले सरकारलाई केसीको माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो । यसैबीच,प्रतिनिधिसभाबाट पारित भएको चिकित्सा शिक्षा विधयेक भोलि राष्ट्रियसभा बैठकमा पेस हुने भएको छ।राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई सभामा टेबुल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट बहुमतले विधेयक पारित भएको थियो।
२०७५ माघ १३ साँझ ६ : २२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology