• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तेह्रथुम र संखुवासभाको सीमा क्षेत्रमा वर्षकै बाक्लो हिमपात

तेह्रथुम र संखुवासभाको सीमा क्षेत्रमा वर्षकै बाक्लो हिमपात


समायोजन खबर
  • बुधबार, माघ ९ २०७५

  • समायोजन खबर तेह्रथुम,
    पातलो वर्षासँगै तेह्रथुम र संखुवासभाका डाँडाकाँडामा आज मध्यान्हबाट हिमपात भइरहेको छ । तेह्रथुम र संखुवासभाको सीमा क्षेत्र तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् । यो क्षेत्रमा सिजनमै बाक्लो हिमपात भएको छ । दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको हो ।तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्के लगायत क्षेत्र हिउँले ढाकेको छ ।

     

    मध्यान्हबाट निरन्तर हिमपात भइरहेको र अहिलेसम्म ३ फिटसम्म हिमपात भएको पर्यटन सुचना केन्द्र गुफाबजारका सचिव सन्तोष लिम्बुले बताउनुभयो । चौकीदेखि माथिको क्षेत्रमा दिउँसोबाट दूई फिट हिमपात भएको छ । निरन्तरको हिमपातका कारण उच्च क्षेत्रका बस्तीका बासिन्दा घरबाहिर समेत निस्कन सकेका छैनन् । एकसाथ वर्षा र हिमपात भएका कारण ह्वात्तै चिसो बढेको ओयाक्जुङका दिपक थाम्देनले बताउनुभयो । चिसाका कारण जिल्लाका सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ ।
    २०७५ माघ ९ गते साँझ ६ : ०७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology