• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

न्यूनतम पारिश्रमिक लागू हुन्छ :संचारमन्त्री बाँस्कोटा

न्यूनतम पारिश्रमिक लागू हुन्छ :संचारमन्त्री बाँस्कोटा


समायोजन खबर
  • शनिबार, माघ ५ २०७५

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा ।

    समायोजन खबर भक्तपुर,
    संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले प्रत्येक संचार माध्यममा श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने बताउनु भएको छ । आज नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको २१ औ साधारण सभाको उद्घाटन गर्दै उहाँले श्रमजिवी पत्रकारहरु एवं कर्मचारीको न्यूनतम पारिश्रमिक लागू गर्नबाट सरकार कुनै हालतमा पछि नहट्ने बताउनु भएको हो ।  न्यूनतम पारिश्रमिक लागू भयो भने संचारमन्त्रीलाई कसरी सेकाउनु पर्छ भनेर बैठक बस्दैछ रे, मन्त्री बदलिएलान्, तर नेकपा नेतृत्वको सरकार अब चार वर्ष कुनै हालतमा बदलिदैन, जो सुकै मन्त्री भएपनि यो सरकारले श्रमजिवीको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्छ । उहाँले भन्नुभयो ।

     

    पत्रकारले आफ्ना पेशागत कुरा गर्नुपर्नेमा आन्दोलनकारीको माग पुरा गर भन्नु गैरजिम्मेवारी हो भन्दै उहाँले पत्रकारले राजनीति गर्ने हो कि, समाचार लेख्ने हो ? भन्नुभयो । सरकारले सबै क्षेत्रमा काम गरेपनि सरकारप्रति पूर्वाग्राही राखेर समाचार आउने गरेको टिप्पणी गर्दै उहाँले नेपालका मिडिया मालिकको चाहना अनुसार चल्ने गरेको बताउनुभयो । मिडियाले पत्रकारिता नगरी सत्ता पक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्न थालेको टिप्पणी गर्दै उहाँले सरकार विरुद्ध षडयन्त्रको अभ्यास धेरै दिन नटिक्ने विचार व्यक्त गर्नुभयो । डा. गोविन्द केसीले आफ्नो माग बिरुद्ध आफै अनशन बसेको टिप्पणी गर्दै उहाँले नेपालको मिडिया केसीले देखाएको बालहटको पछि लागेका छन् भन्नुभयो ।
    केसीको माग पुरा गर भनेर एउटा पत्रकारले भन्नु गलत भएको बताउदै मन्त्री बाँस्कोटाले भन्नुभयो केसीले सोचेको कुरा उहाँ धर्तीमा एक्लै भएको भए पनि पुरा गर्न सक्नु हुन्थेन, उहाँ आफै प्रधानमन्त्री भएपनि सतप्रतिशत माग पुरा गराउन सक्नुहुन्न । महासंघले प्रकाशित गरेको स्मारिकाको विमोचन समेत गर्दै मन्त्री बाँस्कोटाले आफू सरकारमा हुँदा केसीको माग पुरा नगर्ने अहिले माग पुरा गर्नुपर्छ भन्ने प्रबृत्ति गलत भएको बताउनुभयो ।

     

    कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस काउन्सिल र सूचना बिभागबाट हुने सबै कामलाई अब प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला जिल्लाबाट केन्द्रमा धाउँनु पर्ने अबस्थाको अब अन्त्य हुनुपर्नेमा जोड दिदै संघीय ढाचा अनुसार प्रदेश र स्थानीय सरकारलाई अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।
    २०७५ माघ ५ गते साँझ ७ : ३१मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology