समायोजन खबर काठमाडौं
छिमेकी राष्ट्र भारतको दिल्लीस्थित शंकरपुर इलाकामा भइरहेको एउटा वैवाहिक कार्यक्रममा बेहुलिमाथी बन्दुक प्रहार भएको छ । वरमालाको लागि बेहुला बेहुली स्टेजमाथि चढ्दै गरेको बेला अज्ञात समूहले बेहुलीमाथि गोली चलाएको हो । गोली लागेर बेहुली गम्भीर घाइते भइन् ।
बेहुला बेहुली वरमालाको लागि स्टेजमा पुग्नै लाग्दा कसैले बेहुलीमाथि गोली प्रहार गरेको र खुट्टामा गोली लागेपछि उनि स्टेजमा लडिन् र बेहोस भइन् । उनलाई तत्कालै अस्पताल पुर्याइयो । घटना घटेपछि केही समयको लागि वैवाहिक समारोह रोकिए पनि बेहुलीको अवस्थामा केही सुधार आएपछि घाइते अवस्थामै दुलाहा दुलहीले सात फेरा लिएका छन् । बिहीबार राति शकरपुरको एउटा पुरानो शिव मन्दिर धर्मशालामा मंडावलीकी पूजा र गीता कोलोनीका फूल व्यापारी भरतको विवाह उक्त घटना घटेको हो । दिल्ली प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । स्थानीय प्रहरीका अनुसार गीता कोलोनीमा बस्ने रिन्कु नामका केटाले पूजामाथि गोली चलाएको हो । प्रहरीले आरोपितविरुद्ध आईपीसीको धारा ३२६ र हातहतियार ऐनको धारा २५ अन्तर्गत मुद्धा दर्ता गरेको छ । साझासबाल
२०७५ माघ ४ गते साँझ ७ : ४१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology