समायोजन खबर काठमाण्डौ,
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि लगानीको धेरै समस्या नभए पनि नीतिगतरूपमा केही सुधार तथा समयानुकूल बनाउनुपर्नेमा जोड दिनु भएको छ । आजदेखि काठमाडौँमा सुरु भएको दोस्रो हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै उहाँले विगतमा अत्यासलाग्दो विद्युत्भार कटौतीको युग अन्त्य भएर नेपाल नयाँ उज्यालो युगमा प्रवेश गरेको टिप्पणी गर्नुभयो । ऊर्जा क्षेत्रको विकास र विस्तारबाट मात्रै औद्योगिककरण सम्भव भएको भन्दै उहाँले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको विस्थापन गर्न पनि विद्युत् नै उपयुक्त साधन भएको बताउनुभयो ।
विकास निर्माणको काममा बढीभन्दा बढी प्रविधिको प्रयोग गर्नुपर्ने र सहजरूपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै पुनले सहजै काम हुने र काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै देशको ऊर्जा क्षेत्रमा ठूलो समृद्धि आउने बताउनुभयो । कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै उपराष्ट्रपति पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गर्नुभयो ।
२०७५ माघ ४ गते साँझ ७ :१३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology