समायोजन खबर काठमाण्डौ,
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्नुभएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आहृवान भएको र केपी ओली प्रधानमन्त्री हुँदा जहाज खरिद भएको सभापति देउवाको तर्क छ ।
आज दिउँसो धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले आफूले मन्त्रीस्तरीय निर्णय पनि नगरेको दाबी गर्नुभयो । जानकारीविनाकेही भएको भए आफूलाई थाहा नभएको पनि उहाँले बताउनुभएको छ । नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय प्रधानमन्त्री देउवासँगै भएको बेला विमान खरिदका लागि रकम भुक्तानी भएको हालै सार्वजनिक भएको थियो ।
२०७५ पुस ३० गते राती ८ : ४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology