काठमाण्ठौ,
आधुनिक नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको २९७औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशैभर विविध कार्यक्रम गरी मनाइएको छ । सरकारले आजको दिनलाई राष्ट्रिय एकता दिवसको औपचारिकता नदिएपनि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सरकारका मन्त्रीहरु एकता दिवसका कार्यक्रममा सहभागी भए । वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले आफ्नो शासनकालमा ससाना राज्यलाई जोडेर नेपाल एकीकरण गर्नुभएको थियो ।
यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसकारुपमा मनाइने गरिएकोमा २०६२/०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर, जनस्तरमा यो दिवस मनाउनेक्रम भने कायमै छ । राष्ट्रिय एकता दिवसकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूलगेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभयो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायत विभिन्न राजनीतिक दलका नेताहरुले पनि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए ।
२०७५ पुस २७ गते साँझ ७: ४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology