समायोजन खबर काठमाण्डौ,
नेपाल प्रहरीले निर्मला पन्त हत्याकाण्डमा सम्लग्नलाई सार्वजनिक गर्न नसक्नु प्रहरीकै लागि पनि चुनौती बनेको स्वीकार गरेको छ । लामो अनुसन्धानपछि पनि निर्मला पन्तको हत्यामा सम्लग्नलाई पत्ता लगाउन नसक्दा प्रहरी संगठनमा नागरिक दबाब परेको पनि प्रहरीको भनाइ छ ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले यो घटनालाई चुनौतिका रुपमा लिएर अनुसन्धान अगाडी बढाएको बताउनुभयो । कञ्चनपुरका १३ वर्षका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५ महिना वितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन ।
२०७५ पुस १५ गते मध्यान्ह १२ : ५७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology