समायोजन खबर काठमाण्डौ ,
बंगलादेशमा आज आमनिर्वाचन हुँदै छ । बंगलादेशको ११ औं आम निर्वाचनमा १ हजार ८ सय ४८ उम्मेदवार मध्येबाट २ सय १९ जना सांसद चयन हुने छन् । करिव १० करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । मतदानका लागि ४० हजार मतदान केन्द्र तोकिएको छ भने अप्रिय घटना हुन नदिन ६ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ । बंगलादेशको चुनावालाई सयुक्त राष्ट्रसंघले पनि चासो पूर्वक हेरिरहेको छ ।
सत्तापक्ष र विपक्षी दलबीच झडप भइरहँदा निर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजेद नै फेरि जित्ने आकलन गरिएको छ ।विपक्षी दलका नेता खालिदा बेगम जिया भ्रष्टाचारको आरोपमा जेलमा रहेकाले शेख हसिना वाजेदको पकड बलियो बनेको हो । यी दुई महिला नेत्रीले जनआन्दोलनको बलमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहमद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनस्र्थापना गरेका थिए ।
२०७५ पुस १५ गते बिहान ११: ५६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology