समायोजन खबर रसुवा,
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा रसुवामा आज तीन जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–६ का १९ वर्षीय दीपक खतिवडा, विदुर नगरपालिका–४ का संजीव कुमार गुप्ता र विदुरकेै २२ वर्षीय राज कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
धुन्चेबाट सामग्री लिएर टिमुरे जाँदै गरेको बा ४ ख ४३२ नम्बरको मिनीट्रकमा चढेर टिमुरे जाँदै गर्दा गाडीको पछाडि भागमा लगेर उनीमाथि चालकसहित तीन जनाले शनिबार राति बलत्कार गरेका प्रहरी निरीक्षक रञ्जन अवाले बताउनुभयो । प्रहरीले गाडीसहित तीनैजनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
२०७५ पुस ८ गते साँझ ६ :३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology