समायोजन खबर काठमाडौं,
दाङको तलुसीपुर नगरपालिका ३ राम्री भन्ने ठाउँमा विद्यार्थी चढेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । घोराहीको कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्ष्टिच्युटका विद्यार्थी बोटनीसम्बन्धी प्राक्टिकलको भ्रमणको लागि सल्यानको छायाक्षेत्र गई फिर्ताहुने क्रममा बा ४ ख ९७६६ नम्बरको बस सडकबाट अन्दाजी ६/७ सय मिटर तल खसी दुर्घटना भएको हो ।
दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दुर्घटनास्थलमा ३ महिला १३ पुरुषको जम्मा १६ लास फेला परेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा ३४ जना विद्यार्थी,२ शिक्षक र एक जना चालक रहेका थिए ।
२०७५ पुस ६ गते साँझ ७ : ५९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology