समायोजन खबर संखुवासभा,
खाँदबारी नगरपालिकामा नवजात शिशुको हत्या गरि फाल्दै गरेको अवस्थामा आमा पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–६ मयमकी ३७ वर्षकी फूलमाया राई रहेकी छन् । एकल जीवन बिताइरहेकी फूलमायाले अवैध गर्भधारण गरी शिशुलाई जन्मदिएपछि हत्या गरेर फाल्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्रेको हो । उनको श्रीमानको केही वर्ष अघि नै निधन भैसकेको छ ।
फूलमायाले बच्चा जन्माएर हत्या गरी डोकोमा राखेर फाल्न लागेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गई राईलाई नियन्त्रणमा लिएका थिए । शिशुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको संखुवासभाका प्रहरी निरीक्षक रामजी कटवालले जानकारी दिए ।
२०७५ मंसिर २४ गते साँझ ५ :२१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology