• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खेलकुदबाट राज्यले मेडलको आशा मात्रै गर्छ, लगानी गर्दैन : श्रेष्ठ

खेलकुदबाट राज्यले मेडलको आशा मात्रै गर्छ, लगानी गर्दैन : श्रेष्ठ


समायोजन खबर
  • शुक्रबार, मंसिर २१ २०७५

  • समायोजन खबर खोटाङ,
    रामेछाप नगरपालिका–९ रामेछापका स्थानीय पृथ्वी श्रेष्ठ एसियन कराते महासंघका निर्णायक साथै बालाजु कराते डो एकेडेमीका उपाध्यक्ष हुन् । हाल काठमाण्डौमा बसोबास गर्दै आएका उनले राष्ट्रिय/क्षेत्रिय कराते प्रतियोगितामा दर्जनौ गोल्ड मेडल प्राप्त गरेका छन् । २०५१ मा क्षेत्रिय करातेमा कास्य पदक, २०५३ मा गोल्ड मेडल हात पारेका छन् भने, अञ्चल स्तरीय प्रतियोगितामा विभिन्न पदक पाएका छन् । सन् २०१४ मा भारतको दिल्लीबाट एसियन करातेको निर्णायकको परिक्षा उतिर्ण गरेका उनले सन् १९९८ मा काठमाण्डौस्थित बौद्धमा भएको पहिलो राष्ट्रिय निर्णायक परिक्षामा सहभागी उतिर्ण हुन सफल भई राष्ट्रिय निर्णायक बनेका हुन् । हाल उहाँ सिदार्थ बनस्थली स्कुल बालाजुका कराते प्रशिक्षक समेत हुन् । खेलक्षेत्रका विषयमा उहाँसँग समायोजन खबरले गरेको कुराकानीको सम्पादित अंश तल प्रस्तुत गरिएको छ ।

    समग्र नेपाली खेलकुदको अवस्था कस्तो छ ?

    खेलकुदलाई चाहि राष्ट्रको गहना भनेर मानिन्छ । तर त्यो हिसाबले खेलकुद जगतमा त्यति राम्रो चांहि देखिन्न किन भन्दा सरकारले त्यस्तो किसिमको व्यवस्था गर्न सकिरहेको छैन । जस्तो बिकट जिल्लामा आएर खेलाडीहरुले प्रशिक्षण गराईरहेको छ । त्यो ठाउँमा चाहिने आवाश्यक सामग्री, आर्थिक र वातावरणजस्ता सबै कुरा पुगीरहेका छैन । त्यसले गर्दा खेलकुदबाट राज्यले मेडलको आशा मात्रै गर्छ लगानी गर्दैन ।

    अहिले हाम्रो नेपालमा हेर्ने हो भने प्रायःजसो खेलकुदमा राजनीतिको हाबी भईरहेको छ । काम गर्नेलाई ओराली लागेको मृगलाई बाछोले खेद्छ भनेझै लखेटी रहेको छ । निगरानी राख्दैन ? खेलकुदमा लागेका ब्यक्तिलाई कसरी माथी उठाउनुपर्छ, खेलाडीलाई चाहिने के–के हो त भन्ने राज्यले बुझेको छैन । सरकारको तलब भत्ता खाएर बस्ने चाँहि आनन्दले बसिरहने, स्वयंमसेवकका रुपमा खेलाडी उत्पादन गर्नका लागि रगत पसिना बगाईरहेको छ । उनीहरुलाई राज्यले हेरेको छैन । साँच्चिकै भन्नुपर्दा खेलकुदमा राज्यले राम्रोसँग लगानी गरेर त्यो प्रशिक्षकहरुलाई प्रशिक्षण दिने वातावरण सिर्जना भएको छैन ।

    कराते खेलको अन्तर्राष्ट्रिय स्तरमा संम्भावना कस्तो छ ।

    नेपालको लागि अन्तर्राष्ट्रिय स्तरमा झण्डा फहराउने र राज्यले खोजे अनुसारको रिजल्ट ल्याउने चाँहि कराते नै हो । अरु खेलमा राज्यले धेरै लगानी गरेको छ । यद्यपी करातेमा राज्यको त्यस्तो लगानी छैन । तर पनि अहिले अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने, करातेले नै फड्को मारिरहेको अवस्था छ । करातेले साफ गेममा १४ वटा मेडल हान्यो । बिमला तामाङजस्ता एसियाडको मेडालिष्ट कराते नै उत्पादन गरेको हो । त्यत्रो राज्यको सम्पत्ती सिध्याएर अरु खेल पनि अन्तर्राष्ट्रिय स्तरमा खेलेका छन् । खै त ? हालसम्म जिरो नै छ । अहिले सबैभन्दा बढी संम्भावना भनेको कराते नै हो अन्तर्राष्ट्रिय स्तरमा ।

    तर ! करातेमा राज्यले त्यति लगानी गरेको देखिन्न । फुटबलमा लगानी धेरै छ । त्यसको नतिजा शुन्य जस्तै छ । करातेमा लगानी कम भए पनि कसरी कराते नै अगाडी ?

    कराते क्षेत्रमा संलग्न प्रशिक्षक/खेलाडी मेहेनती, लगनशील भएर पनि हो । बाध्यता पनि छ । राज्यले लगानी नगरे पनि खेलाडी खेल्न त जानै प¥र्यो ? किनभने, आर्थिक रुपमा उनीहरुलाई वातावरण नमिले पनि आफैले मेहेनत गरेरै कराते अगाडी बढेको हो ।

    हालसम्म एसियन र ओलम्पिक प्रतियोगिताहरुमा नेपालले स्वर्ण पदक जित्न नसक्नुको कारण के होला ।

    यो चाँहि सवैभन्दा ठूलो कुरा वातावरण पनि हो । राज्यले त्यस किसिमको वातावरण सिर्जना गर्न सकिरहेको छैन । खेलाडीलाई चाहिने सामग्रीदेखी लिएर बस्ने खाने, आर्थिक कुनैपनि व्यवस्था नहुनु र खेलकुद जगतमा राजनीति हाबीले पनि बिग्रेको हो । आफ्नो मान्छेलाई चाहि पठाउनै पर्छ भन्ने मान्यता र राम्रो सक्षम खेलाडी ओझेलमा परीरहेको छ । खेलाडी छनौटमा पनि मेरो मान्छे पर्नुपर्छ, मेडलसँग सरोकार भएन कि हाम्रो मान्छे पर्नुपर्छ भन्ने सोचले गर्दा पनि राज्यले पाउनुपर्ने मेडल पाउन नसकेको हो । खेलकुदको मुख्य समस्या भनेकै राजनीति हो । यदि राजनीति नहुने र स्वच्छ तवरले खेलाडीलाई वातावरण सिर्जना गर्ने हो भने, अरु राष्ट्रले मेडल ल्याउछ ? नेपालले किन ल्याउन सक्दैन ? खेल जगत निश्पक्ष हुनुप¥र्यो । कस्तो खेलमा कती लगानी गर्ने भन्ने राज्यसँग चेतना हुनुप¥र्यो । नत्र आशै नगरे हुन्छ ।

    नेपाली खेलकुद र अन्तर्राष्ट्रिय खेलकुद जगतको समानता र भिन्नता के–के हो ?

    जस्तो बिदेशी खेलाडीहरुलाई समय, आर्थिक प्रशस्त छ । अन्तर्राष्ट्रिय खेलकुद जगतलाई हेर्ने हो भने, खेलाडीलाई त्यो जगतमा लागेपछि उसको जीवन भोगाईमा कुनै समस्या छैन तर नेपालमा त्यस्तो अवस्था छैन । नेपाली खेलाडीको अवस्था दयानीय छ । त्यो वातावरण नेपालमा छैन । नेपालमा खेलिन्जेल, मेडल हानिन्जेल वाहवाह पाईन्छ । जब मेडल हान्न छोड्यो अनि खेलाडी पलायन हुने अवस्था छ । अहिले पनि खेलाडी विदेश पलायनको कारण के त ? नेपाली खेल जगतमा उसको भविष्य छैन । विदेशी खेल जगतमा हेर्ने हो भने यौटा गोल्ड मेडालिष्ट खेलाडीलाई परिवार पाल्न कुनै समस्या छैन । यहि फरक छ बिदेशी र हामीमा ।

    स्थानीय, प्रदेश र केन्द्रिय सरकारलाई के भन्न चाहानुहुन्छ ।

    सबैभन्दा ठूूलो कुरा निष्पक्षता हुनुप¥र्यो, खेलाडी र प्रशिक्षकलाई गाँसवाँस कपासको सिर्जना गरिदिनु प¥र्यो । चाहिने सामग्री उपलब्ध गराईदिनु प¥र्यो । काठमाण्डौ मात्रै नेपाल हैन र स्थानीय स्तरमा भईरहेको खेलकुदको विषयलाई पनि सुनिदिनु प¥र्यो । निश्पक्ष ढंगले राज्यले खेल जगतमा लगानी गर्न सक्नुप¥र्यो ।

    नेपालमा चाहि करातेका संम्भावना कस्तो छ ।

    खेलाडीहरुलाई निष्पक्ष व्यवहार हुनुपर्छ । राजनीति भन्ने कुरा लगाउनै हुन्न । आफ्नो भन्दा नि राम्रोलाई सबैले चिन्न सक्नुपर्छ । खेलाडीमा नैरसियता सिर्जना गरिदिनु भएन । यति कुराहरु मात्रै परिवर्तन गर्ने हो भने, खेलजगतमा क्षमता भएकाहरुको जिन्दगी बन्छ । नेपालको पनि नाम रहन्छ । करातेको सम्भावना त ह्वातै बढेर माथी पुग्छ ।

    खोटाङ करातेलाई कसरी हेर्नु भएको छ ।

    राष्ट्रिय स्तरमा पुग्ने खेलाडी अधिकांश खोटाङको छ । पुर्वाञ्चल र १ नम्बर प्रदेशमा खोटाङ सबैभन्दा अगाडी र अब्बल छ । त्यसैले खेलाडीका गार्जेनहरुले खेलाडीलाई सहयोग गरिदिनुपर्छ । खेल्ने वातावरण सवैले सिर्जना गरिदिनुपर्छ । हरेक अभिभावकले सोच्नुपर्छ कि मेरो छोराछोरीले पढ्न नसके पनि भोली खेलेर खान्छ भन्ने मनस्थिती बनाउनु प¥र्यो र स्थानीय सरकार खेलकुदसँग सम्बन्धित नभए पनि सहयोग गरिदिनुपर्छ ।
    प्रस्तुती चिसाङ शेर्पा, २०७५ मंसिर २१ गते बिहान ९ : ३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology