• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दैलेखमा जिप दुर्घटना हुदाँ ५ जनाको मृत्यु

दैलेखमा जिप दुर्घटना हुदाँ ५ जनाको मृत्यु


समायोजन खबर
  • बुधबार, मंसिर १२ २०७५

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ,
    दैलेखको ठाँटीकाँध गाउँपालिकामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । भे १ च २२०७ नम्बरको बोलेरो जिप सुर्खेतबाट दैलेखको ठाँटीकाँधका लागि छुटेको थियो । दुर्घटनामा ३० बर्षका ठाटीखाँद गाउपालिका वडा नम्बर २ चालक रमेश शाही सहित ठाटखाँद गाउँपालिका १ का २४ वर्षका निर्मल बम र वडा नं. ३ का ४५ वर्षका राजेन्द्र बहादुर शाही र वडा नम्वर २ का २६ वर्षका दिलिप शाही, वडा नं. ४ का ४६ वर्षका रत्ना शाहीको मृत्यु भएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रशाद बास्कोटाले जानकारी दिए ।

     

    दुर्घटनामा गम्भिर घाइते भएका सागर बम, जुद्ध सुजी र एक जना नाम नखुलेको महिलालाई जिल्ला अस्पताल दैलेखमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज लगिएको उनले बताएका छन् । गाडी सडकदेखि करिब ४० मिटर तल खसेको प्रमुख पोखरेलको भनाई छ । सांघुरो मोड भएकाले घुम्तीमा गाडी पछाडी लिने क्रममा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएपनि गाडी चालकको मृत्यु भइसकेकाले घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।
    २०७५ मंसिर १२ गते साँझ ७ : २१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology