फुरलाक्पा शेर्पा , टोकियो।
नेपालमा राजनैतिक शक्ति प्राप्ती गर्ने राजनैतिक दलहरुले राम्रा र मीठा उद्देश्यबाट नै शुरुआत गर्छन् जसको निम्ती भीड अपरिहार्य आवस्याक छ । भीडबाट आवश्यकता र मुद्दाहरु निर्धारित हुन्छन्।जव बिचार, बहस र सिद्धान्तले राजनीति निर्देशित गर्दैन र भीड मनोबिज्ञानबाट सिर्जित विषयलाई राजनीतिक मुद्दा बनाइन्छ अनी त्यसले निम्त्याउने परिणाम भनेको समाजको दुर्गती गर्ने खालकै हुन्छन्।
शक्ति प्राप्त गर्न भिडतन्त्रको मुद्दा बोकिन्छ अनी त्यसले जव बिकाराल रुपको मोड लिन्छ अनि त्यही भिडले सिङ्गै समाज गलत दिशामा हिँडाउन खोज्छ र फर्कनै नमिल्ने स्थानमा पुग्छ त्यसलाई मर्मत गर्ने नाममा फेरी पनि गलत बिषय समझदारि र सहमति भन्दै स्विकार गरिन्छ ।
यो प्रकृया निरन्तर चलेको छ। यि समस्या सबै राजनीतिक दलमा छन ।यो दुनियाँमा नभएको समस्या हामीकाहा मात्र भएको भने होइन यदी यो सुद्ध राजनीतिक मात्र हुन्थ्यो भने।
तर यहाँ राजनीतिको नाममा भिडको नेत्रित्वा गरेर सिङ्गो राजनीति र देशलाई भिड मनोबिज्ञानको ईशारामा घिसार्ने प्रब्रित्तिका मान्छेहरु राजनीतिक खेलाडी बनेका छन।
राजनीतिका सर्बोपरी मान्यता र सिध्धान्त बाट यदी राजनीति निर्देशित हुन्थ्यो भने नेत्रित्व गर्नेले समाजलाई डोर्याउथ्यो, यतिबेला भिडले राजनीति घिसारिएकोले नै जता समाउन खोज्दा पनि समाधान भेटिन्न।
लोकतन्त्रको अभ्यास अली मुस्किल काम नै हो किनकी यसले समाजका सबै चाहना र आकाङक्ष एकै पटक बाहिर पोखिने मौका प्रदान गर्छ। तर त्यसरी सिर्जित जायज चाहना सम्बोधन गर्ने र नाजायज चाहना नाजायज हो भनेर समाजलाई बुझाउने र डोर्याउने काम लोकतन्त्रका नाइके हरुको हो।
देशका राजनैतिक दलहरु शक्ती प्राप्त गर्न अचेत जनतालाई सम्भब हुने नहुने सबै कुराको सपना देखाएर, चामत्कारीक परिवर्तनको कुरा गरेर र गलत मुद्दाहरु बोकाएर शक्तिमा आयो। देशका अचेत मान्छेहरुलाई न्युनतम अनुशासन समेत राख्नु पर्दैन भन्ने कुरा प्रमुख रुपमा राजनैतिक दलहरुलेनै सिकाएको हो।
जब ती अचेत भिडहरुबाट करोडौ खर्च गरेर निर्वाचित भएर जान्छन राजनैतिक दलका जनप्रतिनिधिहरु अब उसले ति सबै जनता माझमा गरेका बाचाहरु बिर्सीएर आफ्नो लगानी ऊठाऊने गलत प्रबिधि पहिलो प्रथामीकतामा हुन्छ उसको मनसपटलमा जसबाट उसले हिजो बोलेका र गर्छु भनेका कुरा पुरा गर्न नसके जनता बाट टाढा हुने हुँदा उ ति बिषय सचेत समाजमा हासो र मजाकको बिषय बनाऊन समछोड्दैनन।
यतिबेलाको समस्या यही हो। अझै राजनैतिक दलहरुले सोझा नीमुखा जनतालाई सिकाएको लोकतन्त्र र अधिकारका कुराबाट निर्देशित भिडबाट देशले जीवन प्राप्त गरिरहेको छ। उसले ति कुरा छोड्ने बित्तिकै उसको मृत्यु हुन्छ भन्ने कुरा दलहरुलाई राम्रो सँग थाहा छ।
यसरी बिषय उठान गर्ने अनआनस्याक हुल र निर्वाचन प्रयोजनको लागी हुल जम्मा गर्ने राजनैतिक दलहरुको लागी आफैले ऊठाएका मुध्दहरु अहिले काखिमुनिको पिलो बनेको छ सचेत समाजको र असल राजनीतिग्यको निम्तीस नपाकी चलाऊ झन बल्झिने डर, पाकुन्जेल पर्खौ पिडा खप्नै नसक्ने स्थितिमा छ।
अनी हुन्छ केरु देशको निकास पाउनु पर्ने कठिनतालाइ प्रयोग गर्दै निरन्तर सिङो देश, राजनीति र दलहरुलाई भिड मनोबिज्ञानको बुझाईमा घिसारिरहेको छ।
र अब उसले चाहेर पनि यस्तो प्रब्रित्ती बाट पछी फर्कन सक्दैन किनभने भिडबाट निर्देशित हुनुमै उसको राजनीतिक जीवन टिकेको छ। जव सम्म नेपाली राजनैतिक दलहरुको यो मनोबिज्ञान जनताले बुझ्दैनन तव सम्म राजनीतिले सहि बाटो समाउदैन, नत राजनीति सुध्धिकरण गर्ने कुरानै सम्भव छ रुतसर्थ तत्कालीन फाईदका लागी धेरै पैसा खर्च गरेर अनआवस्याक भिड जम्मा गरी क्षणिक कुर्सीको मनोबिज्ञानलाई त्यागी सचेत र सक्षम र असल नेतृत्वालाई अवसर दिईनुपर्दछ जसबाट मात्रा मुलुकको बिकास सम्भब छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology