चिसाङ शेर्पा खोटाङ,
खोटाङमा दिनभरी विधुत अवरुद्ध हुंदा सेवाग्राही आक्रोशित बनेका छन् । चाडबाडको मुखमा दिनभरी विधुत अवरुद्ध हुंदा सेवाग्राही आक्रोशित भएका हुन् । चाडबाडको बेलामा विना जानकारी विधुत अवरुद्ध हुंदा व्यापार, व्यावसायमा घाटा तथा दशै मनाउन आवातजावत गर्ने नरनाता, आफन्तसँग सम्पर्क विच्छेद भएको भन्दै सेवाग्राही आक्रोशित भएका हुन् । जिल्लामा विजुली नहुंदा नेपाल टेलिकम र निजी सेवा प्रदायक कम्पनी एनसेलको टेलिफोन समेत आंशिक रुपमा सञ्चालन भएको थियो ।
विधुत प्रवाह नहुंदा खाशगरी जिल्लामा रहेको दुई सामुदायिक रेडियो, विभिन्न अनलाईन मिडिया तथा छापामाध्यमलाई प्रत्यक्ष असर पुगेको छ । सेवाग्राही चाडबाडमा समेत अध्याँरोमा वस्न वाध्य भएका छन् । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र दिक्तेलले भने, लाहानदेखी गाईघाटको जलजलेसम्म बुस कटिङ भईरहेकाले विधुत अवरुद्ध भएको जनाएको छ । प्राधिकरणका अनुसार आज र भोली विधुत कटौती हुनेछ ।
२०७५ असोज २७ साँझ ६ :०७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology