समायाेजन ख़बर /साेलुखुम्बु
वडा दशैं तथा दीपावली लगायतका पर्वहरुको उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) साबिक सल्यान गाविसद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भयो ।
शुभकामना आदानप्रदान कार्यक्रममा स्वघोषणा गर्दै पुर्व जिविस उपसभापति श्री पुण्यप्रसाद दाहाल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) मा प्रवेश गर्नु भयो । उक्त कार्यक्रममा दाहाललाई नेकपाका केन्द्रीय सदस्य एवं सोलुखुम्बुका सांसद श्री हेमकुमार राई ” सुरवीर” एवं नेचासल्यान गाउँपालिकाका अध्यक्ष एवं नेकपाका नेता श्री डुफकुमार बाँस्तोलाले पार्टीमा स्वागत गर्नु भयो । पार्टी प्रवेश गर्दै दाहालले भन्नू भयो – नेकपाको जनलहर देखेर म यहाँ आएको होइन । कुनै स्पेस माग्न पनि आएको होईन । राप्रपा, कांग्रेस लगायतका पार्टीहरुमा राजनैतिक चरिडत्र ,संकार नभएको, व्यक्तिवादी चरित्र हावी भएको र सांगठनिक पद्धति शुन्य रहेको कारणले नेकपामा आवद्ध हुनुपरेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट माननीय श्री हेमकुमार राईले बोल्नु हुदै – जनताको आशा भरोसा लाई सम्बोधन गर्नकै लागि तीन तहको सरकारको निर्माण भएको र आफुले सोलुखुम्बुको विकासका लागि तीनै तहका सरकारसंग समन्वय गर्दै समृद्ध सोलुखुम्बु निर्माणका लागि निरन्तर लागि परिरहेको बताउनु भयो ।
त्यसै गरि कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै नेचासल्यान गाउँपालिकाका अध्यक्ष श्री डुफकुमार बाँस्तोलाले – पालिकाले तयार गर्नुपर्ने र पार्नुपर्ने नीतिगत ऐन, नियमका कुराहरु करिब सबै तयार पारिसकेको र राजपत्रमा प्रकाशित गरिसकिएको बताउनुहुदै अब नेचासल्यान गाउँपालिका विकासका लागि दौडिने बताउनु भयो । विकासको यो दौडमा सहभागी हुन पालिकाबासी सबै समुदायलाई आव्हान समेत गर्नु भयो ।

नेकपाका नेता केशरबहादुर राईको अध्यक्षतामा बसेको शुभकामना आदानप्रदान कार्यक्रमलाई नेकपाका नेता डिबि राई, सहिद कुसुम स्मृति प्रतिष्ठानका अध्यक्ष लोकेन्द्रबहादुर राउत, नेकपाका नेता रामेश्वर कार्की , जगनाथ बांस्तोला, मणिराम थुलुङ लगायतले सम्बोधन गर्नु भएको थियो ।
यसै गरि नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) नेचासल्यान पालिका स्तरिय दशै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम संघीय र प्रदेश सांसदहरुको उपस्थितिमा नेचाको हिमाल दर्शन माध्यमिक विद्यालयको सभाहलमा असोज २६ गते आयोजना गरिएको कुरा नेकपाका युवा नेता सीताराम भट्टराईले जानकारी दिनु भयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology