नवलपरासी समाज जापानको प्रथम अधिबेशन अक्टाेबर १५ मा हुँदै

नवलपरासी समाज जापानको प्रथम अधिबेशन अक्टाेबर १५ मा हुँदै




 

टोक्यो सेप्टेम्बर २९ ।  नवलपरासी समाज जापानले यहि आउँदो अक्टोबर १५ तारिक टोक्योको सोल्मारी मुरा हल मा आफ्नो प्रथम अधिबेशन गर्ने भएकोछ ।  

छोटो समयमा सबै नेपाली हरु माझ आफुलाई एउटा सेवामुलक संस्था को रुपमा अफुलाई चिनाउदै आएको समाजले स्थापनाकाल देखि आफ्नो गतिबिधिलाई ब्यापक गराउदै टोक्यो को शिबुयामा रहेको माइता रेस्टुरेन्ट मा बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको छ ।  

अधिबेशनको तयारीको लागि सेप्टेम्बर ३० मा हाराजुकु पार्कमा बैठक बस्न लागिरहेको समाजका सचिब कृष्ण ढुङ्गानाले जानकारी दिनुभयो । 

समाजका सदस्य सुशिल ज्ञवालीलाई राज्यपुनसंम्रचनाले नवलपरासी लाई २ भागमा नवलपरासी र नवलपुर गरेर बिभाजन गरेको अवस्थामा नवलपरासी समाज जापान लाई अब कसरी लिएर जानुन्छ भन्ने प्रश्नमा ज्ञवाली ले यो पहिले एउटै जिल्ला भयको र हाल दुई दुईजिला हुदै गरेको अवस्थामा यो बिषयलाई कसरी नामाङ्कन गर्ने भन्ने बिषय मा अधिबेशन बाट टुन्ङो लगाइने बताउनु भयो  तर जिल्ला बिभाजन भएपनि संस्था बिभाजन नहुने कुरा प्रस्ट पार्नु भयो ।

समाजका अध्यक्ष कृष्ण अधिकारीले आजसम्म समाज लाई यहाँ सम्म पुर्‍याउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद प्रकट गर्दै समाज को प्रथम अधिबेशन मा जापानमा रहनु भएका सबै नवलपरासी – नवलपुर  बासीलाई उपस्थित भैदिनुहुन अपिल समेत गर्नु भएकोछ ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology