चिसाङ शेर्पा खोटाङ,
राष्ट्रिय प्रजातन्त्र पार्टि प्रजातान्त्रिकका महामन्त्री सुनिल बहादुर थापाले राष्ट्र जटिल मोडमा पुगेको बताएका छन् । दुई तिहाई पाएको सरकारलाई राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरबाट बढो हौसलाका साथ हेरिए पनि वर्षदिनमै राष्ट्र जटिल मोडमा गएको बताए हुन् । १५–२० वर्षमा अस्थीर सरकार भएको अवस्थामा स्थीर सरकार आयो । यसले देशलाई निकास दिन्छ ।, व्यापकता दिन्छ । जनताको हिजोको पीरमार्कालाई बुझ्छ भन्ने आशा थियो, प्रदेश नम्बर एकका संयोजक समेत रहनु भएका महामन्त्री थापाले भन्नुभयो, शान्ति सुरक्षाको इस्यूमा व्यापकरुपमा हत्या हिंसा, एसिड हान्ने, बलात्कार गर्ने दोषीलाई प्रशासनले थिचोमिचो गरेर बाहिर नल्याएको अवस्था छ ।

बुधबार दिक्तेलस्थित होटल भिलेजमा भएको पत्रकार भेटघाटमा उहाँले मानव अधिकारमा हिजो पञ्चायतमा नलगाएको निरंकुस आज लगाइएको बताए । विभिन्न ठाउँमा आज यही दलले त्यही ठाउँमा अनसन बसे, ¥याली निकालेका थिए । आवाज उठाएका थिए, आज त्यही ठाउँमा अरु दललाई निषेधित क्षेत्र घोषणा गरेको छ । महामन्त्री थापाले भन्नुभयो, आज पत्रकारले सत्यतथ्य लेख्दा हत्कडी लगाएर लगेको अवस्था छ । वाक स्वतन्त्रतामा माथि एक किसिमले टाइट गरेको छ । भ्रष्टाचारको दलदलमा फसेको छ ।
पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले दशैं तिहारको बेला जनतालाई मारमा पर्नेगरी भाडा बढाएको, सिण्डिकेट तोड्छु भन्ने ठूलो ठूलो कुरा गर्ने तर, घुँडा टेक्ने गर्नाले बामपन्थी सरकारबाट संघीयता खतरामा परेको आशंका गर्नुभयो । बृद्धभत्ता ५÷५ हजार दिन्छौ भने तर नदिने, बिगतका सरकारले क्यान्सर स्काइनल कर्डका बिरामीलाई दिइने भएको रकम समते कटौती गर्ने र नेकपाले बोलेका कुरा कुनै पनि जनतासँग सम्बन्धित कुराहरु नीति तथा कार्यक्रममा नआउने गरेको उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो, संबिधानमाथि धावा बोल्ने होकी संघीयता फेल हुने हो । राष्ट्र फेरी दुर्घटनामा पर्छन् की भन्ने अवस्था आएकाले अब, प्रजातान्त्रिक शक्ती एक ठाउँमा उभिएर चेक एण्ड व्यालेन्सको पोलीटिक्स गर्नु उपयुक्त समय र अनिवार्य भएको उहाँको भनाई थियो ।
क्याप्सन : पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री सुनिल बहादुर थापा तस्विर चिसाङ शेर्पा, २०७५ असोज १० अपरान्ह ४ : ३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology