बिष्णुप्रसाद भण्डारी, अछाम ।अछामको सँफेबगरमा आन्दोलनरत सवारीचालक माथी प्रहरीले हवाई फायर गर्दा एक जना सवारी चालक गम्भिर घाईते भएका छन् । घाईते हुनेमा सवारी चालक अरबिन्द कुँवर रहेका छन् । उनको अवस्था गम्भिर रहेको आन्दोलनरत सवारी चालकहरुले बताएका छन् ।
घाईते कुँवरको आँखामा गम्भिर चोट लागेकाले थप उपचारका लागि गेटा आँखा अस्पतालमा रिफर गरिएको वयलपाटा अस्पताल श्रोतले जानकारी दिएको छ । साथै आन्दोलनकारीले साँफेबगर नगरपालिका र नगरपालिकाको गाडीमा समेत तोडफोड गरेको साँफेबगरबाट डन्डीप्रसाद भट्टले जानकारी दिए ।
अछामका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले भने वार्ताका माध्यामबाट समास्याको समाधान खोज्न सम्बन्धित पक्षलाई अपिल गरेका छन् । उनले केन्द्रमा सवारीचालकसंग वार्ता भै समस्या समाधान भैसकेको बताउँदै यहाँका सवारी चालकालाई पनि शान्तिपूर्ण रुपमा समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
बन्दका कारण साँफेबगरमा अलपत्र अवस्थामा रहेका यात्रुलाई प्रहरीले बाटो खुलाएर गन्तव्यमा पठाउन खोज्दा आन्दोलनकारीले उत्तेजक रुपमा प्रस्तुत भएपछि हवाई फायर गर्नु परेको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) जनकबहादुर शाहीले बताए ।
आन्दालेनकारीहरुले उग्र रुपमा प्रदर्शन गर्न थालेपछि आन्दोलकारी माथि प्रहरीले एक राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology