• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोलुखुम्बुमा भालुको आक्रमणबाट २ जना घाइते

सोलुखुम्बुमा भालुको आक्रमणबाट २ जना घाइते


समायोजन खबर
  • बिहिबार, भाद्र २८ २०७५

  • फायल तस्विर ।

    समायोजन खबर खोटाङ,
    सोलुखुम्बको तामाखानीमा भालुको आक्रमणबाट २ जना महिला घाइते भएका छन् । भालुको आक्रमणबाट सोलु दूधकुण्ड नगरपालिका ३ तामाखानीका दुई जना महिला घाइते भएका हुन् । आज मध्यान्ह् १२ बजे घर नजिकैको थुम्लिङ जङ्गलमा घाँस काट्न गएका बेला भालुको आक्रमणबाट स्थानीय ४० वर्षका सानु मगर, ४७वर्षका मनकुमारी मगर गम्भीर घाइते भएकोस्थानीय गोर्कण मगरले जानकारी दिए।

     

    भालुको आक्रमणबाट सानु र मनकुमारीको टाउको, घाँटी,ढाड र तिघ्रामा गहिरो चोट लागेको छ । पाँच जनासँगै घाँस काट्न गएपनि अन्य तीन जना भने भागेर ज्यान बचाउन सफल भएका स्थानीयले बताएका छन् । घाइते दुवैको अहिले जिल्ला अस्पताल सोलुखुम्बुमा उपचार भइरहेको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएकाले घाइतेलाई हेलिकप्टरबाट काठमाण्डुल्याउने तयारी भएपनि मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन । घाइतेलाई गाडीबाटै काठमाण्डु लैजाने तयारी भईरहेको वडा नम्बर ३ का अध्यक्ष गोपाल मगरले बताए ।
    २०७५ भदौ २८ साँझ ६ : १२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology