समायोजन खबर खोटाङ,
रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ७ रजयछापमा १३ वर्षका एक बालिकाले ६५ वर्षका वृद्धको हत्या गरेका छन् । नाताले हजुरबुबा पर्ने वृद्धले आफुमाथि बलत्कारको प्रयास गर्न खोजेपछि ६५ वर्षका पूर्णबहादुर श्रेष्ठलाई फलामको रड प्रहार गरी बालिकाले हत्या गरेका हुन् ।
आज बिहान जंगलमा घाँस काट्न जाने क्रममा श्रेष्ठले जबरजस्ती गर्न खोजपछि प्रतिकारस्वरुप बालिकाले श्रेष्ठको टाउकोमा रड प्रहार गरेको बालिकाले स्विकार गरेका छन् । रड प्रहार गरेपछि बालिका जिल्ला प्रहरी कार्यलय रामेछाप पुगेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी निरीक्षक सेख अदालतले जानकारी दिनुभयो । हजुरको रेडियो, रामेछाप
२०७५ भदौ २८ साँझ ६ : ०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology