• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साच्चै अपांगहरूकाे लागि सहयोग गर्ने नै हो भने हुईलचियर उपलब्ध गराउछु -कपिलदेव थापा

साच्चै अपांगहरूकाे लागि सहयोग गर्ने नै हो भने हुईलचियर उपलब्ध गराउछु -कपिलदेव थापा


समायोजन खबर
  • बिहिबार, भाद्र २१ २०७५

  • एनआरएनए आइसिसि सदस्य तथा समाजसेवी कपिलदेव थापाले अपांगहरू या यस्ता ब्यक्तिहरूको लागि सहयोग गर्ने हो भने १०/१० वटा हुईलचियर जापानमा भएका १०० भन्दा बडि सबै सस्थाहरूलाइ दिने बचन ब्यक्त गर्नुभएकाे छ  ।थापाले आप्नाे सामाजिक संजाल फेसबुक मार्फ़त जापानमा अपांग असाहय का नाममा दशै तिहार र तिज आए पछि त करिब १०० भन्दा बढि सबै सस्थाहरूका कुनैन कुनै बाहनामा प्रोग्राम हुने गरेकाे यथार्थ प्रस्तुतगर्दै यसरी सहयाेगी हात फैलाउन सक्ने बताएका छन ।

    थापाले फेसबुक मार्फत लेख्नुभएकाे स्टाटस जस्ताकाे तस्तै तल हेर्नुहाेस …………………….

    नमस्कार

    जापानमा प्रत्येक महिना जस्तै अपांग तथा असाहयहरूको सहयोग को लागि सामाजिक कामहरू को लागि भन्दै आदि इत्यादिका नाम लिएर बिभिन्न कार्यक्रम हरू भै रहने गर्दछन ! झन यो दशै तिहार र तिज आए पछि त करिब १०० भन्दा बढि सबै सस्थाहरूका कुनैन कुनै बाहनामा प्रोग्राम भएकै हुन्छ त्यो पनि सामाजिक काम का नाममा !  शिर्षकमै भन्ने गरिन्छ कि असाय निमुखा साहरा बिन बिरामि अडंग अपाड्ग भएका हाम्रा दाजु भाइ दिदी बहिनी हरूको सहयोगको लाग  भनिने गरिन्छ !  मित्रहरू साच्चै अपाड़हरू या यस्ता ब्यक्तिहरूको लागि सहयोग गर्ने हो भने म १०/१० वटा हुईलचियर जापानमा भएका १०० भन्दा बडि सबै सस्थाहरूलाइ दिनेछु ! कृपया लिनुहुन्छ र नेपालमा लगेर ति अपाड़ मित्रहरूलाइ साच्चै लगेर दिनुहुन्छ ! हिसाब गर्नुस जापानमा भएका हाम्रा १०० सस्थाले ५ वा १० वटा हुईलचियर नेपाल लाने अभियान चलाउनुस हाम्रा ५०० देखि १००० अपाड्ग हाम्रा मित्रहरूले हुईलचियर को सहाराले बाहिर भित्र वा घर अफिस गर्न सक्नेछन ! अनि उनले दिएको आषिस लिनुस र यो जुनि पछि अर्को जुनिमा स्वर्गबास हुनुस र तपाइलाइ कुनै जुनिमा पनि हुईलचियर नचाहिने सन्सारमा गएर बस्नुस !

          साथिहरू एक हुईलचियर को रकम नयॉमा जापानमा ३०,३५ मान पर्छ म पुरानो तर राम्रो ३,४ बर्ष मात्र प्रयोगगरेको हुईलचियर १ मान मा किनेर ल्याउछु मेरो त्यो आफ्नो स्रोतछ अनि तेसलाइ जापानमा तपाइ बस्ने तपाइको घर सम्म पुराइ दिन्छु तेसको करिब ५ हजार एन ढुवानि ख़र्च गरेर टोटल १५ हजार एेन मेरो प्रतेक हुईलचियर मा खर्चहुन्छ म यो तपाइहरू कसै संड़ १ एेन पनि लिदिन र अहिले सम्म करिब ४०० वटा हुईलचियर नेपाल लगि सके नेपालमा पनि कसै सड़ १ रूपयॉ लिएको छैन फ्रि मा बाडदै आएकोछु म एक्लैले लादा १ बर्षमा १५,२० वटा र मेरा सुभचिन्तक र आफ्नतका लागि आबस्यक पर्ने हरूले पनि म सघ प्रतेक महिना ५,७ वटा लानुहुन्छ तर कसैकसैले फ़ोटो न हाल्नुस भन्नु हुन्छ ! यसरि मैले १५ हजार तिरेर फ्रि मा लादा तपाइहरू र तपाइहरूका संघ संस्थाले कारगो चार्ज तिरेर लानसक्नु हुन्छ होला नी ??? तपाइहरूको जानकारि को लागि १ हुईलचियर को कार्गो चार्ज करिब २५ हजार एेन जति पर्छ १५ हजार मेरो तर्फ बाट सधैभरि को लागि  फ्रि  अब के २५ हजार तपाइ र तपाइको संस्थाले १,२ पटक तिर्न सकिदैन नेपाल लाने ढुवानि ख़र्च हेर्नुस यो हुईलचियर को नेपालमा २, ३ लाखपर्छ तै पनि किन्न कहि पाइदैन ! समाज सेवा यसरि पनि गर्न सकिन्छ पैसा भएका ले पैसा समय भएकोले समय बुद्धि बिकेकि मित्रहरूको सरसल्लाह र म जस्ताको यो हुईलचियर को यस्तो प्रकारको सहयोग जापान वासि संड़सस्थाका साथिहरूले कहिले बुझने होलान ! ख़ालि पैसा पैसा पैसा !

           मित्र हरू यसलाइ यन्यथा न लिनु होला सबै सस्था तेस्तै पनि छैनन जापान बाट नेपालमा धेरै राम्रा राम्रा असल काम गर्ने सस्थाहरू पनि छन सबैलाइ एउटै तराजुमा राख्न खोजेको पनि होइन ! साथिहरू म यस्तो कुराहरू जा गएपनि भन्ने गर्छु तर यस्ता मित्रहरू पनि हुनुहुन्छ तपाइको सहयोग हामिले लिनै पर्छ भन्ने के जरूरि छ किन हामिलाइ एस्तो भन्नु हुन्छ भन्ने समाज सेवि मित्रहरू पनि हुनुहुन्छ !  कसैले एउटा हुईलचियर नेपाल लान्छ उनका बारेमा म मुक्त कण्ठले प्रसम्सा गर्छु खोई किनहो अर्को छिमेकि जलेर मलाइ उल्टै आइलाग्छ जापानमा हाम्रो समाज यस्तो छ ! तै पनि माथि भनेझै सबै मित्र एउटै छैनन सबै सस्था पनि तेस्था छैनन मैल ३,४ वटा संस्था र केहि ब्यक्ति हरूको सहयोग पाएको छु म उनको नाम यहाँ लेख्न चाहदिन किनकि फेरि अर्को छिमेकिको टाउको दुख्दो रहेछ भन्ने कुराको ज्ञान मलाइ भै सकेकोछ !

        

    मित्र हरू तपाइहामि हरू जापान जस्तो मुलुकमा बसेकाछौ मिलों हाते मालों गरौ केहि राम्रो काम गर्ने साथिलाइ सहयोग गरौ र  मित्र हरू डोनेसन को रूपमा पैसा लिएर आफ्नो आत्मसम्मान लाइ न बेचौ र पैसा दिएकै भरमा उहालाइ बिभिन्न सामाजिक सेबि को कथा पगेरि ले न सिंगारि दिनु होला हामिलाइ सहयोग गर्नु हुने आदर्णिय ब्यकतित्व सहयोगि प्रायोजक हुनुहुन्छ होला तर समाज सेबि होइन समाज सेबि भन्दा उहाले समाजलाइ गरेको उहाको योगदान को बारेमा पनि २ शब्द्ध बोलिदिनु होला के गरेका छन होइन भने १०,२० ,६० १००,२००० मान दिनुभएकोछ हाम्रा असल सहयोगि मित्रले भनेर भनिदिनु होला ! र हामि सबै तालिबजाएर उहा लाइ स्वागत गर्नेछौं !  सामाजिक काम केहो यो कसरि गर्ने र कसरि गरिन्छ हामिलाइ सिकाउनु होला थाहा छैन र जानेको छैन भने  हामिले जानेका साना तिना काम हरू हामिहरू तपाइहरू लाइ सिकाउनेछौं सम्पर्कमा रहनु होला !

        हामिलाइ सहयोग गर्नु हुने  मित्रहरूलाइ हार्दिक धन्यवाद !

            

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology