जापान सेप्टेम्बर ६ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा जापानमा रहेका नेपालि चेलीहरुलाई माइती घर बिर्साउदै नवलपरासी समाज जापानले सेप्टेम्बर ५ तारिक टोकियोको नाकानो जिरो हलमा “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रम सम्पन्न गरेको छ ।
सस्थाका अध्यक्ष कृष्ण अधिकारीकाे सभापतित्व,प्रमुख अतिथि नेपाली राजदुतावास जापानका महामहिम राजदूत प्रतिभा राणा बिशेष अथिति NRNA जापानका अध्यक्ष टासी वाङ्दी लामा रहनुभएकाे थियाे भने अतिथि हरुमा icc सदस्य कपिल देब थापा , पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले , जापानमा रहेका संघसस्थाका प्रमुख , साथै बुद्बिजीविहरु अतिथिमा रहनुभएको थियो ।
कार्यक्रम को उदघाटन अतिथिहरुबाट नाचेर भएको थियो । कार्यक्रम मा प्रमुख अतिथि नेपाली राजदुतावास जापानका महामहिम राजदूत प्रतिभा राणाले नेपाली नारी हरुको आउँदै गरेको तिज को शुभकामना सबैलाई दिनु भएकोथियो । समाजका अध्यक्ष कृष्णप्रसाद अधिकारीले सहयोगी तथा उपस्थित सबैलाई धन्यवाद दिदै औपचारिक कार्यक्रम लाई समापन गर्दै संस्कृति कार्यक्रम सुरु भएकोथियो ।
समाजले “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रममा नेपालका राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक तथा दोहोरी गायक प्रकाश सपूत ले सुरुवात मा बोल माया जस्ता गीतले उपस्थित सबैको आँखा रसाउदै अन्तेमा सबैलाई खुशी गराउदै नचाएका थिए । गायिका चन्दा अर्याल , चर्चित नृत्यकार पार्वती राई र जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेको कलाकारहरू गायक सुशील ज्ञवाली,गायक चेतन घर्ती ,गायक अमित सापकोटाको प्रस्तुति दिएका थिए।
कार्यक्रम मा उपस्थित प्रमुख अतिथि ,बिशेष अतिथि ,अतिथि लगाएत उपस्थित सबैलाई समाज का सचिब किष्ण ढुङ्गानाले स्वागत मन्तब्य राखेका थिए भने आैपचारिक कार्यक्रम रेखा पुरीले संचालन गरेकी थिइन ।
टोकियोमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुलाई कार्यक्रम उपस्थित भई कार्यक्रम सफल भव्य रुपमा सम्पन्न गर्दै कार्यक्रम मा सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनीहरु उपस्थितिले जापानमा नवलपरासी समाज जापान ले जापानमा आफ्नो राम्रो पहिचान गराउन सफल भएकाे बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology