• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गल्कोटे चेलीबेटीहरुको तिज धमाका सेप्टेम्बर ११ मा, स्वास्थ्य चौकिलाइ USG मेशिन दिइने

गल्कोटे चेलीबेटीहरुको तिज धमाका सेप्टेम्बर ११ मा, स्वास्थ्य चौकिलाइ USG मेशिन दिइने


समायोजन खबर
  • सोमबार, भाद्र १८ २०७५

  • ३ सेप्टेम्बर /टाेक्याे

    नेपाली  नारीहरुको महान चाड हरितालिका तिजको अबसरमा गल्कोटे दिदीबहिनी समुहले तिज बिषेश कार्यक्रम २०७५ गर्ने भएकाे  छ । कार्यक्रम सेप्टेम्बर ११ तारिख दिन को ५ बजे बाट एकेगामी खाइकानमा हुने जानकारी आयोजक ले दिएको छ ।

    उक्त कार्यक्रम मार्फत मनोरन्जन संगै बाग्लुंग जिल्लाकै सबै भन्दा धेरै बच्चा जन्माउँन सफल गल्कोटको हटिया उपस्वास्थ्य चौकिमा महिलाहरुको गर्बपरिक्षण गर्न सहजहोस् भन्ने हेतुले उक्त उपस्वास्थ्यलाइ USGमेशिन (भिडियो एक्सरे मेसिन प्रोटेबल) सहयोग गर्ने उदेश्य राखिएको उक्त कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक कालिका थापाले जानकारी दिनु भयो ।

    थापाका अनुसार दिदीबहिनीहरुलाइ बर्ष दिनको तिजमा मनोरन्जन संगसंगै नारीहरुकै लागि अत्यन्त उपयोगी र अतिआबस्यक मेशिन हस्तान्तरण गर्न जुन उदेश्य राखेका छौ, उक्त उदेश्यले साच्चिकै बिदेशमा रहेका महिलाहरु स्वदेशमा रहेको महिलाहरु को पिडालाइ प्रत्यक्ष हेरिरहेका छन, र केहि सहयोग गर्न सक्छन् भन्ने भाब राख्दछ । हामि परदेशमा रहेतापनि यस कार्यक्रम मार्फत सानो सहयोग जुन महिला दिदीबहिनीलाई बिशेष प्रयोग होस र स्वास्थ्य परिक्षणमा केहि सहजहोस् भन्ने आशा लिएका छौ ।

    कार्यक्रमको लागि नेपालबाट ख्यातिप्राप्त कलाकार लोक तथा दोहोरि गायक इश्वर सिह र लोक गायिका रितु कंडेल नेपालबाट आउने आयोजकले जनाएको छ ।

    उक्त कार्यक्रमलाइ घुम्टेयुवा परिवार मल्म गल्कोट को जापान साखा अनि शिबज्वती युवा क्लब जापान साखाले सह आयोजना गरेका छन् । सह-आयोजना गर्नुको उदेश्य चेलीबेटीहरुको पबित्र उदेश्यले आयोजित कार्यक्रम सफल बनाएर उहाहरुको लक्ष्यपुरा गर्नकै लागि हामीले सह-आयोजकको भूमिका निर्बाह गरेको उक्त क्लब प्रतिनिधि बताउछन् ।

    यसैगरि जापान टोकियो अबस्थित सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुमा चेलीबेटीले गर्न लागेको यो पबित्र कार्यमा उपस्थित भै सहयोग गरिदिनुहुन अनुरोधसमेत आयोजकले गरेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology