नेपाली राजदुतावास र एनआरएन जापानको सयुंक्त आयोजनामा सम्पन्न ११ औ नेपाल फेस्टीवलमा म पनी सहभागी भए । अगस्त २५र २६ तारिखका दिन टोक्यो स्थित कोमाजावा पार्कमा लागेको उक्त मेलाको माहोल कुनै नेपाली चाडपर्वको झै लाग्दथ्यो । टन्टलापुर घाममा पनी मेलामा रमाउन आउनेहरूमा युवाहरू मात्र नभई स-साना नानीहरू देखी पाका उमेरकाहरू पनी उत्तिकै थिए । शायद यसरी धेरै नेपालीहरू एकै ठाऊमा जम्मा भई रमाईरहेको देख्दा त्यहा पुगेका धेरैले एकछिन जापान बिर्सिए । सबै हर्षविभोर भए र गर्वानुभुति गरे । बौद्द स्तुपामा फोटो खिच्न र डोरो बाध्ने व्यवस्था समेत भएको त्यस मेलामा केही नेपाली परिकार र नेपाल आईडलले धेरैलाई एकहद सम्मको सन्तुष्टी प्रदान गर्यो । थोरै धार्मिक सहिष्णुता एवं मनोरन्जनको पाटोलाई दृष्टिगत गर्ने हो भने कार्यक्रम सफल रह्यो ।
कार्यक्रम विवरण , अतिथीहरूको नामवली , आकर्षणका वस्तुहरू , खानपिनको मुल्य तथा गुणस्तर र अन्य प्राविधिक पक्षहरू बारे यहांका अनलाईन पत्रकारहरूले लेखिसके । तसर्थ म नेपाली विविध सस्कृंतिको सदुपयोग गरेर कसरी फेस्टीबलले आफ्नो रौनक बढाउदै थप लाभ र उपलब्धी हासिल गर्न सकिन्छ भन्ने बारे चर्चा गर्नेछु ।
पर्यटन प्रवर्दन साध्य रहेको उक्त कार्यक्रममा हाम्रो पुरानो लोकसस्कृंति , कला , परम्परागत नृत्य र भेषभुषा जापानीहरूका लागी आकर्षणको केन्द्र बन्नेमा कसैको विमति नहोला । जापानीहरूका लागी सास्कृतिक विविधताले भरिएको कार्यक्रम राख्न सके छुट्टै पहिचान दिन सकिन्छ भन्ने विषयमा पनी बहुमतै देखिन्छ । तर विगतमा झै यसपल्ट पनी जनजाति महासघं जापान र उसका घटक जातिय सस्थांहरूको सहभागिता फितलो रहयो । बहुसस्कृंतिको धनी नेपालको वास्तविक सस्कृंति भनेकै आदिवासी जनजातिहरूको भएको हुनाले नेपाल चिनाउने उक्त कार्यक्रममा जातिय सस्थांहरूको प्रस्तुति निराशाजनक हुनुले भविष्यमा जापानी पाहुनाहरूको सख्यां घटने सम्भावना बढेर गएको छ । नेवार , मगर र थकाली बाहेक अन्य ८, १० वटा जातिय सस्थांहरू स्टेजमा देखिएनन । बिसौं वर्षदेखी निरन्तर वार्षिक रूपमा दर्जनौ सास्कृंतिक कार्यक्रम गर्ने सस्थांहरू त्यहां नसमेटिनु सबैको निम्ती चासोको विषय बनेको छ । र यसले आयोजक समिती तथा जनजाति महासघंको सम्बन्ध माथी नै प्रश्न चिन्ह तेर्स्याईदिएको छ ।
जस्तोसुकै व्यवहारिक र प्राविधिक जटिलता एवं सस्थांगत मतभेद भएपनी आगामी दिनहरूमा त्यसको समाधान गर्नुपर्दछ । त्यसका निम्ति दुवै सस्थां बिना कुनै पुर्वाग्रह सकारात्मक रूपमा तत्पर रहनुपर्दछ । सबैको साझा सस्थां एनआरएन जापान र २५ वर्ष देखी निरन्तर क्रियाशिल नेपाल आदिवासी जनजाति महासघं , जापान दुवैले प्रशस्त भेटवार्ता गर्नुपर्दछ । साथै कसरी थप प्रभावकारी कार्यक्रमहरू सहित उपलब्धिमुलक फेस्टीबल आयोजना गर्न सकिन्छ भन्ने विषयमा सहकार्य गर्नु अत्यावश्यक देखिन्छ । र भावि फेस्टिबलहरूमा नेपालको सास्कृंतिक विविधता झल्कने गरी लिम्बुहरूको धान नाच , तामागंहरूको सेलो , राईहरूको साकेला सिली , थामी नाच , शेर्पाहरूको स्याब्रु , गुरूगंहरूको रोधी , थारू नाच , नेवारहरूको लाखे , पन्चे बाजा सहित अन्य विभिन्न मौलिक पहिचान सहितको प्रस्तुतीमा जोड दिनुपर्दछ । त्यसैगरी विभिन्न समुदायहरूको स्टलहरू राखी पहिचान झल्कने भेषभुषा , सामाग्री र परिकार प्रदर्शन गर्नुपर्दछ ।
अन्तमा , यस वर्षदेखी नेपाली राजदुतावास पनी आधिकारीक रूपमा नेपाल फेस्टीबलको आयोजक भएकोछ । तसर्थ फेस्टिबलको माध्यम द्वारा पर्यटन प्रवर्दनमा सरकारी तवरबाटै थप कार्यक्रम सन्चालन गरे सुनमा सुगन्ध थपिनेछ । जसले गर्दा जापानी एवं जापानवासी नेपालीहरूलाई पर्यटन बजार प्रवर्दन गर्न थप प्रोत्साहन मिल्नेछ । राजदुतावास नेपाल सरकारको प्रतिनिधि भएको हुदां यहांका सघंसस्थां र व्यक्तिहरू भन्दा प्रभावकारी ढगंले सबैको अपनत्व हुनेगरी नेपाल फेस्टिबल आयोजना गर्नेछ भन्ने सबैले अपेक्षा गरेका छन ।
लेखक नेपाली सघिंय समाज जापानका अध्यक्ष ,ने. आ. जनजाति महासघं जापानका र शेर्पा सघं जापानका उपाध्यक्ष समेत हुनुहुन्छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology