• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यस वर्ष पननवलपरासी समाज जापानले तीज धमका गर्ने ।

यस वर्ष पननवलपरासी समाज जापानले तीज धमका गर्ने ।


समायोजन खबर
  • शनिबार, भाद्र ९ २०७५

  • टोकियो अगस्ट २६ ।
    हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रमको तयारी तिब्र गरेको छ ।

    समाजले सेप्टेम्बर ५ तारिक टोकियोको नाकानो जिरो हलमा गर्ने उक्त कार्यक्रममा नेपालका राष्ट्रिय स्तरका ख्यातिप्राप्त लोक तथा दोहोरी गायक प्रकाश सपूत, गायीका मुना थापा,चर्चित नृत्यकार पार्वती राई र जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेका कलाकारहरू गायक सुशील ज्ञवाली,गायक चेतन घर्ती ,गायक अमित सापकोटाको प्रस्तुति रहने अायोजकले बताएको छ ।

    कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउनका लागि नेपाल फेस्टिबलबाट कलाकार भएको पोस्टर सहित कार्यक्रमको बिभिन्न स्टलहरुमा पुगेर सामुहीक फोटो खीची सबै लाई निम्तो दिदै प्रचार प्रसार गरेको छ । नेपालबाट अामन्त्रीत कलाकारहरुको भिषाको व्यवस्था पूरा भएको नवलपरासी समाज जापानका सदस्य तथा गायक सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

    टोकीयोमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन कार्यक्रम संयोजक गोपाल कंडेल तथा समस्त नवलपरासी समाज जापानले हार्दिक अनुरोध समेत गरेको छ ।

    त्यसै गरी गतबर्ष पनि तीज धमका कार्यक्रम सफल गराएको स्मरण गर्दै यो पटक पनि सबै मिलेर कार्यक्रमलाई भव्य रुपमा सफल गराउनु हुने कुरा मा आफु बिस्वस्थ रहेको भन्दै कार्यक्रम सफल बनाउन कार्यक्रमका संयोजक अमर के सिले जापानबासी नेपालीहरुलाई आब्हान गर्नु भएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology