• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अनुसन्धानको लागि २ दिदीबहिनी पक्राउ

अनुसन्धानको लागि २ दिदीबहिनी पक्राउ


समायोजन खबर
  • शनिबार, भाद्र ९ २०७५

  • साँकेतिक तस्विर

    समायोजन खबर भदौ ९, कञ्चनपुर,

    १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बालिकाको हत्याबारे अनुसन्धान गर्ने क्रममा उनिसंगै पढ्ने साथी १८ वर्षीया आँचल भनिने रोशनी बम र बबिता बमलाई पक्राउ गरिएको हो । उनीहरु दिदी बहिनी हुन् । भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै उनीहरु पक्राउ परेका हुन् ।

     

    निर्मला पन्त सोही घरमा गृहकार्य गएका बेला वेपत्ता बनेकी थिइन् । सो घरमा साथीलाई भेट्न गएपछि बेपत्ता बनेकी हुन् । यसअघि प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा लिएको थिएन ।

     

    निर्मला हराएको दिन साउन १० गते अपराह्न पाँच बजे निर्मलाकी आमाले सो घरमा पुगेर छोरीबारे खोजतलास गर्दा बबिताले उनी दुई बजे नै यहाँबाट हिँडेको र अम्बा दिएर पठाएको बताएकी थिइन् । तर, घरमा आइन त भन्दा बबिताले ‘पोइल गइहोला’ भन्ने जवाफ फर्काएकी थिइन् । भोलिपल्ट बिहान उखुबारी छेउमा निर्मलाको साइकल फेला परेपछि बबिताले ‘लास पनि त्यतै होला’ भनेको पीडित परिवारको दाबी छ ।साझासवाल

    यो पनि पढ्नुहोस्

    कञ्चनपुर सदरमुकाममा अनिश्चितकालीन कर्फ्यू

    २०७५ भदौ ९ गते मध्यान्ह १ :०७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology