अनुसन्धानको लागि २ दिदीबहिनी पक्राउ

समायोजन खबर भदौ ९, कञ्चनपुर,
१३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बालिकाको हत्याबारे अनुसन्धान गर्ने क्रममा उनिसंगै पढ्ने साथी १८ वर्षीया आँचल भनिने रोशनी बम र बबिता बमलाई पक्राउ गरिएको हो । उनीहरु दिदी बहिनी हुन् । भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै उनीहरु पक्राउ परेका हुन् ।
निर्मला पन्त सोही घरमा गृहकार्य गएका बेला वेपत्ता बनेकी थिइन् । सो घरमा साथीलाई भेट्न गएपछि बेपत्ता बनेकी हुन् । यसअघि प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा लिएको थिएन ।
निर्मला हराएको दिन साउन १० गते अपराह्न पाँच बजे निर्मलाकी आमाले सो घरमा पुगेर छोरीबारे खोजतलास गर्दा बबिताले उनी दुई बजे नै यहाँबाट हिँडेको र अम्बा दिएर पठाएको बताएकी थिइन् । तर, घरमा आइन त भन्दा बबिताले ‘पोइल गइहोला’ भन्ने जवाफ फर्काएकी थिइन् । भोलिपल्ट बिहान उखुबारी छेउमा निर्मलाको साइकल फेला परेपछि बबिताले ‘लास पनि त्यतै होला’ भनेको पीडित परिवारको दाबी छ ।साझासवाल
यो पनि पढ्नुहोस्
कञ्चनपुर सदरमुकाममा अनिश्चितकालीन कर्फ्यू
२०७५ भदौ ९ गते मध्यान्ह १ :०७ मा प्रकाशित