काठमाडौँ। कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) लाई सरुवा गरिएको छ । गृहमन्त्रलयाका अनुसारप्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र एसपीदिल्लीराज विष्टलाई सरुवा गरिएको हो।
सिडिओ खड्का ठाउँमा तारानाथ अधिकारी पठाइएको छ भने, एसपी विष्टको ठाउँमा कुबेर कठायतलाई पठाइएको छ। यस्तै डीएसपी ज्ञानबहादुर सेठीलाई पनि प्रहरी प्रधान कार्यालय काठमाडौं झिकाइएको छ ।
गत सोमबार प्रहरीले मानसिक सन्तुलन ठिक नभएका एक जनालाई हत्याको अभियुक्त भन्दै सार्वजनिक गरेपछि स्थानीयस्तरमा आक्रोश चुलिएको छ। दैनिक प्रदर्शन भइरहेको छ भने बजार तथा सवारी बन्द छ।


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology