समायोजन खबर खोटाङ,
जाजरकोटको सदरमुकाम खलंगामा आज बिहान गएको पहिरोले घर पुरिदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । एकजना घाइते छन् भने, एकजना बेपत्ता भएका छन् । जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार घाइते खड्गबहादुर लुहारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा लुहारका श्रीमती २५ वर्षीया शीतला, उहाँका छोरी नौ वर्षीया भावना, ६वर्षीया रञ्जना र तीनवर्षीया मनिषा छन् । उनीहरु सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराका घरमा भाडामा बस्दै आएका थिए ।
त्यस्तै, घरमूली तीर्थराज बोहराकी सात वर्षीया छोरी नग्माको पनि मृत्यु भएको छ । उनीहरुको शव पहिराले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो । मृतक अन्यको सनाखत भएको छैन । सोही ठाउँमा गोपाल सुनारको घर पहिराले पुर्दा त्यहाँ चार बालबालिका अझै हराइरहेका छन् । ती बालबालिकालाई घरसँगै पहिराले पुरेको अनुमान गरिएको छ ।
२०७५ साउन २० साँझ ६ : ३८ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology