२३ जुलाइ ,टोकियो । जापानमा पहिलो पटक बलिउड रक स्टार हिमेश रेशमियाको लाईभ कन्सर्ट सम्पन्न भएकेा छ । टोकियोमा आयोजना भएकेा सेा कार्यक्रम सनराईज प्रोडक्सन्स र सक्सेस एब्रड स्टडीको सहकार्यमा ‘लाईभ कन्सर्ट’ नाकानो जिरो हलमा हिजेा सम्मपन्न भएको हेा । 
कार्यक्रममा बलिउडका चर्चित संगीतकार तथा गायक रेशमियासहित ८ जनाको व्याण्ड टोली जापान आएका थिए । कन्सर्टमा बलिउड डान्स ग्रुप सहेलियाले चर्चित हिन्दी गीतहरुमा प्रस्तुति दिएका थिए ।

कार्यक्रमको मुख्य सहयोगी डिप्वे जापान कम्पनी लिमिटेड रहेको थियेा । पहिलो पटक नेपालीले जापानमा आयोजना भएकाे ‘बलिउड कन्सर्ट’मा जापानवासी नेपालीका साथै भारतीय, पाकिस्तानी, बंगलादेशी श्रीलंकाली दर्शकहरुले उत्साह पूर्वक मनेारन्जन लिएका थिए ।

गायक तथा संगीतकार रेशमियाका ‘आप्का सुरुर’, ‘आशिक बनाया आपने’, ‘जरा झुम झुम’, ‘हुक्खा बार’, ‘झलक दिखलाजा’, ‘झुम्मेकी रात’, ‘तेरी मेरी’, ‘तेरे नाम’ ‘प्रेम रतन धन पायो’ लगायत गीतहरु लगातार गाएर दर्शकहरूलाइ भरपुर मनेारन्जन दिलाएका थिए । गायक तथा संगीतकार रेशमियाले १०५ भन्दा बढी चलचित्रमा संगीत दिएका छन् भने आफैले गाएका १५० भन्दा बढी हिट गीतहरु छन्।मेडिया पार्टनरकेा रूपमा रहेकेा समायेाजन खबर डटकमले कार्यक्रमकेा प्रत्यक्ष प्रसारण गरेकेा थियेा । ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology