• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रवासि नेपाली मंचको बारबिक्यु टोकियोमा सम्पन्न, देश बिकासमा हातेमालो गर्न आब्हान ।

प्रवासि नेपाली मंचको बारबिक्यु टोकियोमा सम्पन्न, देश बिकासमा हातेमालो गर्न आब्हान ।


समायोजन खबर
  • आइतबार, असार १७ २०७५

  • आषाढ़ १७ टोकियो

    प्रवासि नेपाली मंच जापानको आयोजनामा आईतबार बृहत बनभोज कार्यक्रम (बारबिक्यु) टोकियोमा सम्पन्न भएको छ ।

    जापानमा कृयाशील  सघं संस्था सहित प्रवासी नेपाली मंचका सदस्यहरु सहभागी भएको बनभोज कार्यक्रम २ यस ५० जना भन्दा बढीको सहभागिता रहेको प्रवासी नेपाली मंच जापानका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

    नेपालमा आपनो माउ पार्टी नेकपाकाे नेतृत्व बनेको सरकार र नेकपा माओवादि वीच  सम्पन्न भएको पार्टी एकिकरणमा खुसियालिमा आयोजना भएको बनभोज (बारबिक्यु) मा बिभिन्न संस्थाका अध्यक्षहरु तथा ब्यक्तिहरुले शुभकामना मतब्य ब्यक्त गरेको थिए । शुभकामना ब्यक्त गर्नेहरुमा प्रवासि नेपाली मचका नेताहरु राजकुमार पन्डित, बाबुराम भन्डारी, राजेन्द्र श्रेष्ठ, ओशोक चन्द्र अधिकारी, पुर्व नेकपा माओवादि केन्द्र जापानको भातृसगठन जनप्रगतिशिल मंचका  सल्लाहकारहरु अरुण श्रेष्ठ, बेलुकाजी थापा,  भवानी पन्त, बाबुराम पौडेल, नेपाली संघीय समाज जापान अध्यक्ष पेम्बा शेर्पा, एनआरएन आईसिसि सदस्य ओम गुरुङ, नेपाल पत्रकार महासघं जापानका अध्यक्ष मोहन घले, एनआरएन जापानका वरिष्ठ उपध्यक्ष देविलाल भण्डारी, तमुधि नेपालका अध्यक्ष अनिता गुरुङ, लगायतका बक्ताहरुले आ-आपनो विचार राख्दै देशमा स्थिर सरकार भएको हुदा देश विकास र आर्थिक सम्मुनतिको लागि सबै लाग्नु पर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा गोर्खा समाज जापानका अध्यक्ष सीएम भट्टराई, पुर्वि विकास केन्द्रका अध्यक्ष सुवास लोहनी, धादिङ समाजका अध्यक्ष कृष्ण खनाल, चितवान समाजका अध्यक्ष राजन कुमार श्रेष्ठ, झापा समाज जापानका अध्यक्ष तुल्सि पाठक, बाग्लुङ समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठ, लगायतका जापानमा क्रियासिल सघ संस्थाहरुको सहभागिता रहेको थियो ।

    मंचका सचिव बिकास पौडेलले संचालन गर्नु भएको कार्यक्रममा सभापति समेत रहुन भएको श्रेष्ठले सबै सहभागिहरुलाई धन्यबाद ब्यक्त गर्दै देश विकासको लागि सबैले हातेमालो गर्न आह्वान गर्नु भयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology